Sunday, November 28
Shadow

अस्पतालमा बेड नपाए के गर्ने ? जान्न्ुस के गर्ने

दोस्रो लहरको को’रोना सं’क्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यति बेला सबै अस्प’तालमा चाप बढेको छ । जसको कारण
अस्प तालमा बेड पाउनु निकै क’ठिन भएको छ । पिसिआर पोजिटिभ आएका तथा अक्सि’जनको मात्रा ९० बाट पनि घटेका व्यक्ति
१ मिनेट पनि घरमा बस्नुहुँदैन । भिडियो हेर्नुहोस।

यस्तो अवस्थामा नजिकको अस्पतालको फिभर क्लिनिकमा जानुपर्दछ । फिभर क्लिनिकमा चिकित्स’कको जांच, एक्सरे आदि
हुन्छ । त्यसपछि भर्ना हुने अवस्था भएमा उक्त अस्प’ताललाई नै बेड खोज्नको लागि अनुरोध गर्नुपर्दछ ।

उपरोक्त अस्प’तालमा बेड नपाएमा आफै अस्प ताल खोज्दै भौतारिनु हुँदैन । त्यहाँ रहेको ट्रली, कुर्सि, चौर, बरण्डा जहाँ
भएपनि बसेर उ’पचार सुरु गरिहाल्नुपर्छ । अस्प’तालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ ।

ेकाँही केहि घण्टा असजिलो अवस्थामा बसेर प्रतीक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ । ट्रली वा कुर्सीमा बसेर उप’चार
गरेको बेला गाह्रो भएमा अस्प’तालले आ’कस्मिक उपचार गर्दछ वा आफै बेड खोजेर अर्को अस्प’तालमा पठाउँछ ।

आइसीयुमा बस्नुपर्ने अवस्था भए उपरोक्त अ’स्पतालले या आइसियुमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आइसीयु खोजेर पठाउँछ ।
यहि बीचमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजि गर्न सकिन्छ ।

यस्तो बेलामा उच्च मनोबलले निकै काम गर्छ । धेरै बिरामी भुईमा सुतेर भएपनि उ’पचार सुरु गरेर निको भएर फर्किएका छन् भने
कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिदा जीवनलीला समाप्त गरेका छन् । जीवन बच्यो भने घरकै आराम’दायी बेडमा सुत्न पाइन्छ ।

आफुले चिनेका अस्प’तालका स्टाफ, आफ्ना जनप्रति निधि वा अन्य व्यक्तिसंग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ । अ
स्पतालको फिभर क्लिनिकमा उप’चाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ ।

गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ । विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भएपनि उपचार
पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजरअन्दाज गर्नुहुँदैन ।

अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठूलो र महत्वपूर्ण लाग्छ । सबै चिकित्सक तथा नर्सले आफुलाई
मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ । चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ ।

तसर्थ तपाईलाई कम महत्व दिनुको अर्थ तपाइंको अवस्था खतरा छैन भनेर पनि बुझ्नुपर्दछ । आफुलाई समस्या परेमा स्पष्ट
रुपमा स्वा’स्थ्यकर्मीलाई बताउनुपर्दछ । शालीन ढंगले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ ।

सबैभन्दा ठूलो कुरा त मनोबल नै हो । म अस्पतालमा छु, छिटोढिलो उ’पचार पाउँछु, बेड पनि पाउँछु र सन्चो भएर घर
फर्किन्छु भन्ने तीब्र इच्छा शक्तिले तपाइंलाई बचाउने छ । कतिपय बिरामी धेरै आत्तिएर पेनिक एट्याक हुन्छ । यस्तो अवस्थामा को
भिडको कारणले भन्दा पनि आत्ति’नुको कारणले स्वास्थ्य जटिल हुन्छ ।

एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यहि एकसर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पुर्याउँछ । आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भएपनि आकस्मिक घटना घट्न सक्दछ ।

तसर्थ उपचार र आत्मबल एकै सिक्काका २ पाटा भएको तथ्य कहिल्यै बिर्सिनु हुँदैन । कहिल्यै पनि आत्मबल
भन्दा रोग ठूलो हुँदैन ।

(डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।)
काठमाण्डुपाटी बाट साभार गरियको