Tuesday, January 18
Shadow

बिरामी बोकेर उडेको जहाजको पाङ्ग्रा बीचमै खस्यो

भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बु’लेन्स गएराति मुम्बईमा स’कुशल अवतरण भएको छ । भिडियो हेर्नुस ।

नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त सहित उडेको एक बीचक्राप्ट जहाजको उड्ने बित्तिकै पाङ्ग्रा’ खसेको थियो ।
पाङ्ग्रा नै नभए पनि पाइलटले कुशलता देखाउँदै राति झण्डै सवा नौ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय
विमानस्थलमा आक’स्मिक अवतरण गराएका बीबीसीले जनाएको छ ।

आक’स्मिक अवतरण गरेको जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । पाइलट र बि’रामी सुरक्षित छन् ।
पाङ्ग्रा बिनाको जहाजलाई स’कुशल अवतरण गराएको भन्दै नागरिक उड्डयनमन्त्री हरदीप पुरीले पाइलटको प्रशंसा गर्नुभएको छ ।
यस घटनाका कारण केही घण्टा विमानस्थलको उडान बन्द भएको थियो ।

भारतकै मध्यप्रदेशको ग्वालियरमा कोरोनाका बिरामीको लागि रेम्डिसिभिर औषधि बोकेको जहाज धावन मार्गबाट चिप्लिएर चौरमा
पुगेको छ । विमानका दुई जना पाइलट घाइते भएको खबरमा उल्लेख छ । बैशाख २४, २०७८ मा उज्यालो अनलार्इनमा छापियको खबर