Sunday, October 24
Shadow

अब विवाहमा यति वटा गाडी र जन्ती लैजान पाइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ ।

प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषे’ धाज्ञाको आदेश जारी गरेको छ । निषे’धाज्ञाको समयमा विवाह ब्रतबन्ध जस्ता संस्कारमा १५ जना व्यक्ति र २ वटा गाडीमा ब्यानर राखेर जिल्ला भित्र र वा अन्तर जिल्ला आवत जावत गर्न दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृ’त्यु संस्कारका लागि सवारी पास लिन मृ’ त्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस र परिचय खुल्ने कागजात चाहिने प्रशासन कार्यालयले जनाएको छ ।

बिरामी वा कुरुवालाई भने अ’ स्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डको आधारमा आवत जावत गर्न दिने भएको छ । बिरा’मी भई काठमाडौं आउन वा बाहिर जान रिपोर्ट कार्ड वा भर्ना कार्ड चाहिनेछ ।

सुरक्षा गार्डहरुले परिच यपत्र देखाएर र पोशाक लगाएर हिँडडुल गर्न पाउनेछन् ।

हेर्नुहोस् प्रशासन कार्यालयको सूचना

अनलाइनखबरमा
२०७८ वैशाख २२ गते १९:४० मा प्रकाशित खबर