Saturday, November 27
Shadow

ओलीतर्फ सङ्केत गर्दै झाँ’क्रीकाे स्टाटस : ‘हामी त डु’ब्छाैँ नै, तिमीलाई पनि लिएरै डु’ब्छाैँ’

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधान मन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उहाँले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गर्नुभएको छ । उहाँले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताउनुभएकाे छ ।

उहाँले भन्नु भएको छ, ‘हामी त डुब्छौँ नै । हामी स’त्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिमी सत्या’नाश हुनबाट र डु’ब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अ’हङ्का’र र जि’द्दी छोड ।’

अपडेट: बैशाख २२, २०७८ मा उज्यालो नेटवर्कमा छापियको खबर

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले उज्यालोलाई जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिने भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।

हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत केपी शर्मा ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउन पत्र बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिनिधिसभामा माओवादी केन्द्रको ४९ सांसद रहेको छ । समर्थन फिर्ता लिएसँगै सरकारसँग अब नेकपा एमालेका एक सय २१ सांसद मात्रै रहेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन दुई सय ६७ सांसदमध्ये एक सय ३६ सांसद आवश्यक पर्ने हुन्छ । जसमध्ये अरु दलका १५ सांसदको साथ भए प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार टिकाउन सक्नुहुन्छ । तर, नेकपाभित्रकै खनाल–नेपाल समूह पनि ओलीको विकल्प खोजिरहेकोले विश्वासको मत लिन प्रधानमन्त्री ओलीलाई सहज छैन ।