Monday, October 25
Shadow

नि’र्द’यी बाउः अाफ्नो २ वर्षीय छोरा बेचे, बेचेको पैसाले गर्लफ्रेण्ड सँग घुमघाम गर्न हिडे

केही मानिसहरु कतिसम्म निर्द’यी हुन सक्दारहेछन् भन्ने कुरा चीनका एकजना पुरुषले उदाहरण पेश गरेका छन् ।

ती पुरुषले यस्तो कर्तुत गरेका छन् की पिता पुत्रको सम्बन्धलाई नै कलं’कित बनाएका छन् ।
ती पुरुषले आफ्नो २ वर्षीय छोरालाई वि’क्री गरे र त्यसरी हात परेको पैसाले नयाँ गर्लफ्रेण्डलाई लिएर देश घुम्न निस्किए ।

पूर्वपत्नी सँगको सम्बन्ध वि’च्छेद पछि उनले छोराको पालन पोषण गर्दै आएका थिए । तर गर्लफ्रेण्डसँग घुम्नका लागि पैसा जुटाउन उनले त्यही छोरालाई बे’चिदिए ।

चिनियाँ सञ्चार माध्यम झेझियांग लिगल डेलीका अनुसार ती पुरुषको पूरा नाम खुलाइएको छैन र उनको थर चाँहि शी बताइएको छ ।

ती पुरुषको पत्नीसँग झ’गडा भएसँगै सम्ब’न्धवि च्छेद भएको थियो र दुईजना बच्चामध्ये छोरीको लालन पालनको जिम्मा आमाले र छोराको जिम्मा बाबु चाँहिले लिएका थिए ।

काममा व्यस्त भएको भन्दै ती पुरुषले आफ्नो छोरालाई हुजोउ सहर स्थित भाईको घरमा छाडेका थिए । गत महिना चाँहि उनी भाइको घरमा गएर छोरालाई लिएर घर फर्के । छोराकी आमाले छोरा हेर्न चाहेको भन्दै उनले भाइको घरबाट छोरा लिएर गएका थिए ।

तर उनले छोरालाई त्यहाँबाट लगेर चांग्सु सहरस्थित एक निस’न्तान दम्पतीलाई बेचिदिए र त्यस बापत झण्डै २४ हजार डलर बराबरको रकम प्राप्त गरे । छोरा बेचेर हात परेको पैसाले उनले आफ्नी नयाँ गर्लफ्रेण्डलाई लिएर चीनको भ्रमणमा निस्किएको बताइएको छ ।

आमासँग भेट गराउन भन्दै लगेको छोरालाई धेरै दिनसम्म पनि शीले फर्काएर नल्या’एपछि र फोन समेत नउठाए पछि शीका भाइलाई शं’का लाग्यो र प्र’ह’रीमा खबर गरे ।

२०७८ वैशाख २२ गते ११:४८ मा अनलाइनखबरमा प्रकाशित खबर