Sunday, November 28
Shadow

ल’कडा’उनमा थप कडाइ अब २ घण्टाको लागि मात्र पसल खुल्ला, साइकल र ठेलागाडा सबै बन्द

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले आगामी बैशाख २९ गते सम्मका लागि थप निषे’धाज्ञा लम्ब्याउने निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले २ घन्टासम्ममात्र पसल खोलन पाउने निर्णय गरेको छ ।

उपत्यकामा किराना, तरकारी तथा फलफूल लगायतका अत्यावश्यकीय पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ।

यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि पसल खोल्न दिने गरिएको थियो भने बिहान ५ देखि १० बजेसम्मका लागि पसल खोल्न दिइएको थियो ।
यसअघि नागरिकलाई हिँडडुल गर्न त्यति क’डाइ नगरिएको भए पनि अब अत्यावश्यक बाहेक घर बाहिर नि’स्कन रोक गरिएको छ।

बैंक तथा वित्तीय क्षेत्रका हकमा २५ प्रतिशत मात्र शाखा कार्यालयहरुलाई खुला गर्न दिइने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत कर्मचारी सञ्चालन गरी सेवा दिन सक्ने निर्णय गरिएको छ। अत्यावश्यक सवारीमा अनिर्वाय पासको व्यवस्था गरिएको र पास नभएका सवारीलाई गुड्न नदिने निर्णय भएको छ ।

यस्तै, सरकारी कार्यालयमा ४० प्रतिशत कर्मचारी राखेर मात्रै सञ्चालन गर्न भनिएको। सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ।
फुटपाथ, खुला ठाउँ, साइकल र ठेला गाडामा सञ्चालित व्यवसाय समेत बन्द गराउने निर्णय भएको छ ।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषे’धाज्ञाको समय भोलि राति १२ बजे सम्मका लागि तोकिएको छ । त्यसको पूर्व सन्ध्यामा बैठक बसेरनिषेधा ज्ञाको समय लम्ब्याउने निर्णय गरिएको छ ।-न्यु२४ नेपालबाट साभार गरियको।