Tuesday, January 18
Shadow

‘ओमिक्रोन भेरियन्ट’ कति घा’तक, नेपालमा फैलिने सम्भावना कति? यस्तो छ सम्भावना

भिडियो,

कोरोनामा उत्परिवर्तन स्वाभाविक, प्राकृतिक र अनुमानित पनि मानिन्छ। झन्डै एक वर्ष अगाडि भारत तथा नेपालमा विध्वंस मच्चाएको र हाल विश्वव्यापी फैलिएको ‘डे’ल्टा भेरियन्ट’पछि हाल यो नयाँ भे’रियन्ट ‘ओ’मिक्रोन’ विश्वव्यापी चासोको विषय बनेको छ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको बी ११ ५२९ नाम दिएको यो नयाँ भाइरस २४ नोभेम्बरमा पहिलो पटक विश्व स्वास्थ संगठन (ड’ब्ल्यूएचओ) मा रिपोर्ट गरिएको थियो।

डब्ल्यूएचओमा व्यापक छलफलपछि २६ नोभेम्बेरमा यो भाइरसलाई ‘ओमिक्रोन भेरि’यन्ट’ भनेर नामकरण गरिएकाे हाे। यसलाई ‘भेरिय’न्ट अफ कन्सर्न’ अन्तर्गत राखिएकाे छ।

तीव्र गतिमा फैलनु, फरक लक्षण देखिनु, घात’कता बढ्नु, जनस्वास्थका मापद’ण्ड प्रभावहीन हुनु, हाल उपलब्ध निधान गर्ने प्रविधि, खोप तथा उपचारमा समस्या देखिनु आदि मध्येमा एक वा सो भन्दा बढी लक्षण देखिएमा याे भाइर’सलाई ‘भेरि’यन्ट अफ कन्सर्न’ अन्तर्गत राखिने गरिन्छ।

डब्ल्यूएचओका अनुसार प्रारम्भिक नतिजा अनुसार ओमिक्रोन भेरियन्टले अरु ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएका भाइरसहरु भन्दा पुन: संक्रमण गर्न सक्ने क्षमता बढी देखाएको भनिएको छ।

दक्षिण अफ्रीकाको धेरै प्रान्तहरुमा यो भेरियन्ट तीव्र गतिमा फैलिएको छ भने, कोरोनाको ‘एस जिन’ हाल प्रयोगमा आइरहेको रिएजेन्ट पिसिआर प्रविधिले पत्ता लगाउन नसक्ने भनिएको छ।अन्तराष्ट्रिय समाचारहरुमा जनाइएअनुसार युवाहरुलाई यसले अस्पताल भर्ना गराइरहेको भनिएको छ।

दक्षिण अफ्रिकाका प्रान्तहरुमा तीव्र गतिमा ‘ओमिक्रोन भेरियन्ट’ फैलिएको भनिएको छ। तर, सो देशमा ३५ प्रतिशतले मात्र खापकाे पूर्ण खोप लगाएकाे भनिएको छ।तसर्थ लक्षित जनसख्यालाई खोप लगाएको भए तीव्र गतिमा फैलने वा अस्पताल भर्ना गराउन ‘ओमिक्रोन भेरियन्ट’ सक्षम हुन्थ्यो वा हुँदैन थियो भन्ने अहिले थाहा हुन सकेकाे छैन।

त्यसैले लक्षित जनसंख्यामा दुई मात्रा पूर्ण खोप लगाइसकेका देशमा ‘ओमिक्रोन भेरियन्ट’ ले कसरी प्रभाव पर्छ भन्ने नतिजा महत्वपूर्ण हुनेछ। यसको ‘स्पाईक प्रोटिन’ मा व्यापक उत्परिवर्तन भएकोले यो तीव्र गतिमा फैलिएर संक्रामक हुने भनिएको छ।

तर, कति संक्रामक हुन्छ भन्ने यकिन भैसकेको भने छैन। हाम्रा लागि महत्वपूर्ण अर्को जानकारी भनेको ‘ओमिक्रोन भेरियन्ट’ कति घातक छ वा रहने छ भन्ने हो। तर, हाल यसको घातकताको बारेमा पनि हामी अनविज्ञ नै छौं।

अर्को कुरा, सबैभन्दा महत्वपूर्ण जान्नु पर्ने भनेको हाल प्रयोगमा आइरहेका खोपहरु यो भाइरसविरुद्ध कति प्रभावकारी छ, रहने छ भन्ने हो।हाल खोप उत्पादक कम्पनीहरुले प्रभावकारिताको बारेमा युद्धस्तरमा अनुसन्धान अगाडि बढाइरहेका छन्। अहिले नै खोपको प्रभावकारिताको बारेमा पनि थाहा भइसकेको छैन।

अन्तमा, ‘ओमिक्रोन भेरियन्ट’ बारेमा धेरै जानकरी थाहा पाउन बाँकी नै छ। तर पनि यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि अझ ‘स्पाईक प्रोटिन’ समेतमा हुँदा वैज्ञानिकहरुले विगतमा देखिएका ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत पर्ने भाइरसहरु भन्दा बढी जोखिम हुन सक्ने अनुमान गरेका छन्।

फलस्वरूप, विभिन्न देशहरुले अन्तरदेशीय यातायातमा कडाई गरेका छन्। नेपालले पनि अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने यात्रुहरुमा विशेष निगरानी राख्ने भनिसकेको छ।

हाल नेपालमा पनि जिन सिक्वेन्सिंक गर्ने प्रविधि स्थापना भैसकेको अवस्थामा हवाई यात्रुमा कोरोना भाइरस देखिए त्यसको विष्लेषण गर्ने र जोखिमको लेखाजोखा गर्दै नियन्त्रणको योजना बनाउन सके ‘ओमिक्रोन भेरियन्ट’ फैलनबाट रोक्न सकिने छ। तर, फेरि पनि ‘ओमिक्रोन भेरियन्ट’ बारेमा हामीसँग हाल पर्याप्त जानकारी छैन अथवा पाउने क्रम जारी छ।-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)