Saturday, November 27
Shadow

विमानस्थलमा दुबईबाट आएका एक ब्यक्तिले अनौठो व्यवहार देखाएर चेकजाँच गर्दा पुलीस पनि छक्क !

पुरा खबर, भिडियो,

काठमाडौं : म’लद्वा’रमा लुकाएर सुन त’स्क’री गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी र भन्सारको संयोजनमा उनको म’लद्वा’रबाट त’स्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ । ‘म’लद्वा’रमा लुकाएर ल्याएको रहेछ । भन्सार क्लियर गरेर बाहिर जाने बेला एराइभलको बाटोमा उनको चालढाल देखेर प्रहरीलाई शंका लाग्यो । शंका लागेर चेकजाँच गर्दा फेला परेको हो,’ विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने ।

बाँस्तोलाले थपे, ‘सुन अन्दाजी आधा किलो हो । प्लास्टिकसहित ५४५ ग्राम छ । भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक कारवाही गर्छ ।’

यो पनि : तमोर कोरिडोरले जोड्दै चीन र भारत
राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी राष्ट्रय चीन र भारतलाई जोड्न अब तीन किलोमिटर मात्र बाँकी छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोमा क्षत्रेमा प्रवेश गरेको छ ।

कोरिडोरको अन्तिम ट्रयाक खोल्ने काम गरिरहेको छ । आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्ने एलाइट निर्माण कम्पनीका प्रतिनिधी राजीव लामिछानेले बताए ।

‘अब तमोर नदीमा मेसिन राउन छ । नदी तर्नु अगाडि एक पटक पूजापाठ गरेर तमोर नदी तार्ने तयारी भइरहेको छ’, उनले भने । तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँग कोरिडोले जोडिनेछ ।

चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्रयाक चीनको निर्माण कम्पानीले दुई वर्ष अगाडि नै खोलिसकेको छ । सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोलाको सुकेपानी गत साता प्रवेश गरेको छ । गैरीपाटी र सुकेपानीको दूरी तीन किलोमिटर पर्ने उतर दक्षिण लोक सडक आयोजनाका सूचना अधिकारी माधव पौडेलले बताए ।

भारतको जोगवनीदेखि कोरिडोरले विराटनगर क्षेत्र हुँदै प्रत्यक्ष भारत र चीनसँग सडक सञ्जालले जोड्ने सूचना अधिकारी पौडेलले बताए । सुनसरीको चतारादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर पर्दछ । ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर कोरिडोरको जम्मा २५४ किलोमिटरमा पर्दछ । यसमा २५४ किलोमिटरमा चोतारादेखि टिप्पताला नाकासम्म पर्दछ ।

प्रदेश १ को राजधानी विराटनगरको नाका भारतको जोगवनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । ३१४ किलोमिटरले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने उतर दक्षिण लोक सडक आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ ।

ओलाङचुगोलाहुदै चीन जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न सुुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङगोलासम्ममा अहिले ट्रयाक खोल्लने काम भइरहेको फक्ताङलुङ गाउँपालिकाको प्रवक्ता तथा ओलाङचुङगोलाका स्थानीय छेतेन लामाले बताए ।

उनले भने, ‘कोरिडोरको ट्रयाक ओलाङचुङगोला क्षेत्रमा प्रवेश गरेको छ । ओलाचुङगोला भित्र ३०० मिटर ट्रयाक खोली सकेको छ ।’ तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको थियो । सबै ब्लकको पहिलो काम ट्रयाक खुलाएको थियो । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको गोलाङचुङगोको सुकेपानीदेखि गैरीपटीसम्मको तीन किलोमिटरको काम मात्र बाँकी रहेको पौडेलले बताए ।

करिब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट माझिटार ताप्लेजुङ छिचोलेर ओलाङचुङगोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्नेछ । यो सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने क्रममा रहेको ओयोजनाले जनाएको छ । यो खबर ताजा खबरमा छ ।