Monday, December 6
Shadow

गुडिरहेकै गाडीको सिटमै अस्ताए लालबहादुर, सँगै बसेका पत्तै पाएनन् ! बोलाउन खो’ज्दा नबोलेपछि बल्ल थाहा भयो

भिडियो,

सल्यान । दाङको तुलसीपुर उपमहानगरपालिका-९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको यात्राकै क्रममा गाडीभित्र मृ’त्यु भएको छ।

सोमबार रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र-०१००६-ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वली मृ’त्यु भएको हो।

सँगै यात्रा गरिरहेका वलीको मृ’त्यु भइ’सकेको कुरा गाडीभित्रका कसैले पनि थाहा पाएनन्। जिल्ला प्रहरी कार्यालय सल्यानका हवल्दार वीरेन्द्र खड्काका अनुसार सल्यानको बागचौर नगरपालिका- २ थारमारेमा आएर गा’डी रोकिएपछि मात्रै वलीको मृ’त्यु भइसकेको कुरा अरू या’त्रुले थाहा पाएका हुन्।

‘थारमारेको शारदा होटलमा सोमबार दिउँसो साढे १ बजेतिर हायस गाडी आइपुगेको रहेछ,’ ट्राफिक हवल्दार खड्काले भने, ‘सबै यात्रु झरेर खाजा नास्ता खान गए पनि वली सिटमै थिए। खाजा खाएर फर्किएकी एक जना आफन्त महिलाले बोलाउन खोजेपछि बल्ल उहाँको मृत्यु भएको कुरा थाहा भएको हो।’

खड्काका अनुसार वली हायस गाडीको अगाडिको सिटमा एक्लै बसेका थिए। ‘अलि ठूलोखाले टोपी लगाएर थोरै घो’प्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अन्दाज नै गरेका रहेनछन्,’ खड्काले भने ‘खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खो’ज्दा नबो’लेपछि उनी बि’तिसकेको थाहा भयो।’

सि’टमै बसेको अवस्थामा फे’ला परेका वलीको एउटा हात घुँडा’मा र अर्को हात कम्म’रको साइडमा रहेको तथा अलिकति घो’प्टो परको हुँदा अन्य यात्रुले सुते’को ठा’नेर कसैले घ’टनाबारे जानकारी नै नपाएको बयान दिएको खड्काले बताए।

भतिजी नाता पर्ने ती महिलाले वली अ’ल्सरको बिरा’मी रहेको प्रहरीलाई जानकारी दिएकी छिन्। घ’टनास्थलमा प्रहरी आएर मु’चुल्का तयारी पारी पो’ष्टमा’र्टमका लागि जिल्ला अ’स्पताल खलंगामा पठाउने तयारी भइरहेको ट्राफिक प्रहरी हवल्दार खड्काले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वली रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका- १२ नुवाकोटमा तिहारको टीका लगाउन गएका थिए। त्यहाँबाट फर्किदै गर्दा वलीको यात्राकै क्रममा मृ’त्यु भएको हो। यो खबर साभार गरियको हो ।