Monday, December 6
Shadow

मोटुपात्लु जोडी गाउँघरमा डु’डेँ’की बुढी भन्दै हेला गर्छन भन्दै रो’इन् श्रीमती (भिडियो हेर्नुस)

भिडियो हेर्न तल थिच्नुस,

पछिल्लो समय सामाजिक संजाल टिकटकमा थुप्रै ब्याक्तीहरु विभिन्न कारणले भाईरल हुने गरेका छ्न ।

उनिहरुलाई टिकटकमै भाईरल भएकै कारण थुप्रैले चिन्ने गरेका छन । त्यस्तै भाइरल हुने क्रममा अहिले एक जोडि मोटु पातलुको जोडिको नामले भाईरल छन ।

श्रीमान श्रीमती रहेका उनिहरुको टिकटक थुप्रैले मन पराउने गरेका छन । उनिहरुका श्रीमान मोटो जिउडलको छन भने श्रीमती पातलो जिउडलकी छिन त्यसैले पनि उनिहरु मोटु पलतु जोडिको नामले भाइरल भएका हुन ।

तनहुँ जिल्लाको दमौलिका मीन बहादुर घर्ती मगर र स्मृति घर्ती मगरको जोडि अहिले मोटु पतलुको जोडिका नामले टिकटकमा भाईरल भएको जोडि हो । आफुहरु थोरै समयमा नै भाइरल बनाइदिनु भएकोमा आफूलाई खुशी लागेको र आफुहरुलाई भाइरल बनाईदिनु हुने सम्पुर्ण दर्शकहरुलाई धन्यवाद पनि मिनबहादुरले दिएका छन ।

उनकी श्रीमती स्मृतिले भने आफ्नो टिकटक आइडी पहिलेनै भएता पनि त्यो बेला आफू हेर्ने मात्र गरेको उनले बताईन । आफुलाई पनि कहिलेकाही आफ्ना श्रीमानसगँ टिकटक बनाउन भने मन लाग्ने गरेको बताईन ।

तर आफ्ना श्रीमान अपांग भएको कारण हेर्ला गर्ने हुन कि भनेर आफुले त्यो बेला नबनाएको बताइन । तर पछि आफुले हेर्दै जादाँ त्यस्ता थुप्रै अपांग भएकाहरुले बनाएको देखे पछि भने आफुहरुले पनि बनाउ थालेको स्मृति बताउँछिन । आफुहरुले टिकटक बनाएर पोस्ट गरे पछि भने मोटुपातलु दर्शकहरुले नै नाम राखिदिएको उनी बताउँछिन । अहिले आफुहरु जता जादाँ पनि सबैले चिन्ने गरेको र राम्रो सगँ बोल्ने गरेको उनले बताईन । तर केहिले भने श्रीमानको अपांगतालाई लिएर नराम्रो कमेन्ट पनि गर्ने गरेको उनी बताउँछिन ।

उनलाई कतिपयले अपांग श्रीमानलाई नचाएर भाइरल हुन खोजेको पनि भन्ने गरेको उनी बताउँछिन । त्यति मात्र नभै कतिपयले छरछिमेक मै पनि नराम्रो भन्ने गरेको उनी बताउँछिन । आफुलाई डुडेको श्रीमती भन्दै हेला गर्ने गरेकी उनी बताउँछिन ।

तर आफू श्रीमानलाई त्यो बारेमा चित्त दुखाउलान कि भनेर केही नसुनाउने गरेको स्मृतिको भनाई छ । त्यस्तो सुन्दा धेरै मन दुख्ने गरेको उनको गुनासो छ । शारीरिक अपांग भएकाहरुलाई हौसला र माया दिनुको सट्टा उल्टै घृणा गर्ने गरेको उनको गुनासो छ ।

मीनबहादुरको खुट्टा भने मोटरसाइकल दुर्घटना भए पछि काट्नु परेको थियो । उनिहरुको बिबाह भएको १२ वर्ष भएको छ । मिनबहादुरको एउटा खुट्टा गुमेको पनि ४ वर्ष भै सक्यो । तर आफुहरु एक अर्कामा धेरै खुशी रहेकी उनको भनाई छ । उनिहरुको भेट मोबाइलबाट भएको स्मृतिले बताईन ।

झुक्किएर फोन आएको भनेर पहिलो चोटि बोलेका उनिहरु त्यस पछि गतल नम्बर भएको भन्दै अब नगर्नु भन्दा पनि मिनबहादुरले फोन गरि रहेने गरेको उनी सुनाउछिन । त्यसपछी बिस्तारै बोल्दै जादाँ प्रेम सम्बन्ध भै बिबाह गरेको उनी सुनाउँछिन ।साभार गरियको खबर (भिडियो हेर्नुस)