Friday, November 26
Shadow

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा ख’सेर बेप’त्ता !

भिडियो हेर्नुस,

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा ख’सेर बे’पत्ता शुक्रबार, कार्तिक १९,जाजरकोट– जाजरकोटको बारेकोट गाउँपालिका ७ की ईश्वरी शाही ९सिंह छोरीसहित डोल्पा जगदुल्ला खोलामा ख सेकी छन् ।

तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सहित ख सेकी हुन् ।

ख सेको केही समयभित्रै खोलाले बगाएर आमा बे’पत्ता हुनुका साथै छोरीको स्थानीयले उ’द्धार गरेर उपचारका लागि नेपालगञ्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मु ख, टा ‘उ’को र शरीरमा ग ‘हि रो चो ‘ट लागेकाले छोरीको अवस्था ग ‘म्भी ‘र रहेको उनले बताए ।

छिमेकी जिल्ला रुकुम (पश्चिमं), जाजरकोटलाई खबर गरी बेप त्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस चार वर्षअघि नेपाली सेनामा भर्ती भएका रविन राना मगर रूकुम पश्चिमको सैनिक गणमा कार्यरत थिए।

उनी तिहारको विदा लिएर बिहीबार सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुस्थित आफ्नो घर पुगेका थिए।रविन घर पुग्दा बिहानको करिब ५ बजेको थियो। चिया–नास्ता खाइसकेपछि उनले आफ्नी दिदी रानी राना मगरलाई लिएर किनमेल गर्न वीरेन्द्रनगर, सुर्खेत जाने योजना बनाए। सेनामा जागिर खाएयता उनी दिदीलाई लिएर पहिलोपटक भाइटीकाको किनमेलमा जाँदै थिए।

दिउँसो पौने १ बजेतिर दिदी-भाइ स्कुटरमा छिन्चुबाट सुर्खेततिर लागे। कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटर रविनले चलाएका थिए, दिदी पछाडि बसेकी थिइन्।छिन्चु र वीरेन्द्रनगरको बीचमा भेरी नदी छ। नदी तरेर वीरेन्द्रनगर-११ मा पर्ने ठूलो व्युरेनी पुग्नासाथ रविन र उनकी दिदी सवार स्कुटरलाई एउटा मालवाहक ट्रकले ठ’क्कर दियो।

कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको उक्त ट्रक जुम्लाबाट नेपालगन्ज जाँदै थियो। दिदीसँग भाइटीकाको किनमेलमा हिँडेका रविनको घ’टनास्थलमै मृ’त्यु भयो। दिदी रानी घा’इते छिन्। प्रहरीका अनु’सार उनको अवस्था ग’म्भीर छ। कर्णाली प्रदेश अस्प’तालको आ’इ’सि’यूमा उनको उप’चार भइरहेको छ।

‘तिहारमा दिदीको हातबाट टीका लगाउन आएको हो, त्यही बेला दिदीलाई सपिङ पनि गराइदिन्छु भनेर वीरेन्द्रनगर लिएर गएको,’ रविनको काकी पर्ने सावित्री सिंहले बिहीबार राति भनिन्, ‘बाटोमा यस्तो घ’टना भयो, तिहार बेला दु:ख आइ’पर्‍यो।’

उनका अनुसार २६ वर्षीय रविनले दसैंमा भागी विवाह गरेका थिए। पुसाइँ (फुपाजु) बितेको एक वर्ष नपुगेको भएर घरमा भि’त्र्याएका थिएनन्। रविनका बुवा छैनन्। परिवारको आर्थिक अवस्था कम’जोर भएकाले उनी फुपू र पुसाइँसँगै बस्थे। भगाएर ल्याएको श्रीमतीलाई छिन्चुमै कोठा लिएर राखेका थिए।

‘गणबाट विदा लिएर हिँडेको त बुधबारै रहेछ। छिन्चुमा एक रात बसेर भोलिपल्ट बिहान मात्र घर आएछ। आउनेबित्तिकै आफ्नो गणमा खबर पनि गरेछ,’ काकी पर्ने सिंहले भनिन्, ‘यसपालि भाइटीकामा दिदीको हातबाट टीका लगाउनुअघि केही सपिङ गरिदिन्छु भनेर दिउँसो दिदी-भाइ वीरेन्द्रनगर गएका रहेछन्।’

नजिकका आफन्त कुमार पुनका अनुसार रविनको दरबन्दी नवलपरासी हो। उनी तालिम सिलसिलामा रूकुम पश्चिम गण आएका थिए। उपचाररत रानी छिन्चुमै रहेको छिन्चु बोर्डिङ स्कुलमा माध्यमिक तहलाई पढाउँछिन्। उक्त स्कुल कुमार पुनकै हो। २९ वर्षीया रानीले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन्।

उनको विवाह नभएको पुनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दु’र्घटना गराउने मालवाहक ट्रक चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।सेतोपाटी बाट साभार गरियको खबर ।