Friday, November 26
Shadow

छुट्टीमा घर आउने तयारीमा रहेका ३१ वर्षीय पृथ्वी बुढामगरको कतारमा सडक दु’र्घट’नामा मृ’त्यु !

पुरा खबर,

वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घ’टनामा परी मृ’त्यु भएको छ ।

रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घ’टनामा परी मृ’त्यु भएको परिवारले जनाएको छ ।

दोहा कतारस्थित वैदेशिक रोजगारीका सिलसिलामा पुगेका युवाहरूको सङ्गठन अन्तर्राराष्ट्रिय रोल्पाली सेवा समाजले पृथ्वीको सडक दुर्घ’टनापछि घट’नास्थलमै मृ’त्यु भएको जानकारी गराएको हो।

दु’र्घटनापछि उनलाई अ’स्पताल पुर्‍याइएको थियो। उनी उक्त सङ्गठनका आर्थिक सल्लाहकार थिए। दु’र्घटनापछि कतारस्थित सङ्गठनका अध्यक्ष केशवराज खड्का र सचिव ठगेन्द्र वलीले संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीको निध’नप्रति दुःख व्यक्त गरेका छन्।

दु’र्घटनाको पुष्टि गर्दै सङ्गठनका केन्द्रीय अध्यक्ष सन्दीप थापाले मृ’तकको श’व नेपाल ल्याउन नेपाली दूतावासमार्फत पहल थाल्ने बताए।कतारस्थित नेपाली दूतावाससँगको समन्वयमा प्रतिवेदन तयार गरिरहेको खड्काले बताए।

दूतावास मार्फत कागजी प्रक्रिया मिलाउन त्यहाँस्थित युवाहरूले सहयोग गरिरहेका छन्।लामो समयदेखि पृथ्वीले कतारस्थित एक कम्पनीमा गाडी चालकका रूपमा काम गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ। अर्को महिना छुट्टीमा घर आउने तयारीमा रहेका पृथ्वीको दुर्घ’टनापछि भएको मृ’त्युको खबरले परिवार शो’कमा छ।

सामाजिक कार्यमा रुचि राख्दै आएका युवा पृथ्वीको मृ’त्युबाट समाजमा क्ष’ति पुगेको भन्दै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका युवाहरूको संस्था रोल्पा ली सेवा समाजका शाखाहरूले दुःख व्यक्त गरेका छन्। साभार गरियको खबर ।