Friday, November 26
Shadow

रौतहटमा मोटरसाइकल दुर्घटना हुदा प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय जवानको मृ’त्यु !

पुरा खबर,

रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दु’र्घ’टनामा परेर एकजना प्रहरी जवानको मृ’त्यु भएको छ । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठो’क्कि’एर एकजना प्रहरी जवानको मृ’त्यु भएको हो ।

सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घ’टना भई मृत्यु भएको प्रहरीले जनाएको हो ।

दु’र्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका इप्रका पिपरा रजबाडा सहितको टोली घ’टनास्थल पुगेको थियो । डिएसपी श्रीराम भण्डारीले घ’टनाको कारणबारे अनुस’न्धान भइरहेको तथा मृ’तक प्रहरी जवान यादवको श’वलाई पो’ष्ट’मा’र्टमका लागि जिल्ला अस्प’ताल गौर पठाइएको डिएसपी भण्डारीले बताए ।

त्यस्तै, चा’लक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरु’द्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खु’लाइएको भए पनि १० गते नैस’मस्याका कारण स्थगित भएको विभागले जनाएको छ ।

सफ्टवेयरमा समस्या आए’पछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन ।”

अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्काे अनुमतिपत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ । नयाँ अनुमतिपत्रका लागि आवेदन दिँदा समस्या भए पनि अर्काे वर्ग थप्नेमा सबै विवरण भरेर फाइल बुझाउने समयमा समस्या देखिएको प्रवक्ता डा भुषालले बताउनुभयो । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने उहाँले बताउनुभयो ।

नियमित रुपमा चालू नभएको सेवा खुलाउनाथ सेवाग्राहीको चाप हुने गरेको छ । विगतमा पनि अनलाइन फारम भर्दा पनि समस्या भइरहेको थियो । अहिलेको आवश्यकताअनुसार त्यसको क्षमता नभएको हुनसक्ने भन्दै प्राविधिकले ‘अपडेट’ गरिरहेको उहाँले बताउनुभयो ।

को’भिडका कारण झण्डै डेढवर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन । विसं २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो ।

त्यो खुलाइएको केही समयपछि नै पुनः दोस्रो लहरका कारण पुनः सेवा स्थगित भयो । गत वैशाखदेखि काठमाडौँ उपत्यकाका तीनलगायतका जिल्लामा निषेधाज्ञाका कारण सेवा सञ्चालन हुनसकेको थिएन । सरकारले असारदेखि नै अरु क्षेत्र खुलाएको भए पनि यातायात व्यवस्था विभागले सङ्क्रमण बढ्नसक्ने भन्दै अनुमतिपत्र खुलाएको थिएन । उपत्यकालगायत देशभरमा अनुमतिपत्र लिन चाहनेको सङ्ख्या धेरै छ । साभार खबर ।