Tuesday, December 7
Shadow

साथीकी श्रीमतीलाई दिल्ली पुर्‍याएर बिक्री, यसरी लोभिएकी थिइन् बबिना

पुरा खबर,

काठमाडौं । काठमाडौंका ३० वर्षीय रविन श्रेष्ठ (नाम परिवर्तन) ले नुवाकोट दुप्चेश्वर– ६ का ३९ वर्षीय जान्द्रे भनिने रामबहादुर तामाङलाई साथी बनाए ।

अन्ततः उनैले रविनको श्रीमती भारतको दिल्लीस्थित कोठीमा लगेर बेचिदिए ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई शनिबार तारकेश्वर– ७ फुटुङस्थित नागपोखरीबाट प’क्राउ गरेपछि घ’टना पुष्टि भएको हो ।

उनले काठमाडौंको जमलस्थित पुस्तक पसलमा सरसफाइको काम गर्ने २१ वर्षीया बबिना श्रेष्ठ (परिवर्तित नाम) लाई ०७४ साउनको अन्तिम साता भारतको दिल्लीस्थित जिबी रोडको ५९ कोठीमा लगेर बेचेका थिए ।

बेचिएकी बबिना जान्द्रेको मिल्ने साथीकी श्रीमती हुन् । ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बबिनालाई जान्द्रेले एक लाख रुपैयाँमा बेचेको जानकारी दिइन् । उनले भनिन्, ‘बबिनालाई जान्द्रेले एक लाख रुपैयाँमा दिल्ली ल’गेर बेचे’को देखिन्छ । बेचिएकी बबिना जान्द्रेको मिल्ने साथीकी श्रीमती हुन् । उसले बबिनालाई अनेक प्र’लोभन दिएको र सोही प्रलो’भनमा बबिना फ’सेको देखिन्छ ।’

यसरी लोभि’एकी थिइन् बबिना
प्रहरीका अनुसार बबिना श्रीमानसँगै काठमाडौंमा ब’स्थिन् । उनी जमलस्थित पुस्तक पसलमा सरसफाइको काम गर्थिन् । श्रीमान् सधैं बि’रामी हुन्थे । र’क्सी खाने बानीका कारण श्रीमानसँग उनको खासै मि’ल्ती थिएन । यही क्रममा साथी भन्दै श्रीमानले नै बबिनासँग जान्द्रेसँग भेट गराइदिए ।

जान्द्रेले बबिनाको सम्पर्क नम्बर लिएर बारम्बार फोन गरिरहन थाल्यो । र, श्रीमान्सँग छुट्टि’न उक्सा’इरह्यो । सोही क्रममा जान्द्रेले भारतमा साडीमा बुट्टा भर्ने सजिलो काम दिलाइदिने, त्यसबापत प्रतिमहिना १० हजार रुपैयाँ कमाइ हुने प्रलो’भन देखाएपछि बबिना लोभिइन् ।

अनु’सन्धा’नमा संलग्न प्र’हरी अधि’कृतका अनुसार श्रीमान्को दिनरातको कच’कचबाट मु’क्ति मिल्ने र कमाइ पनि हुने भएपछि बबिना जान्द्रेसँग जान राजी भएकी थिइन् । स्वयम्भूबाट बस चढाई जान्द्रले बबिनालाई नेपालको सीमासम्म लग्यो ।

त्यसपछि मोटर’साइकलमा राखेर सीमानाका कटायो । रेलमा चढी दुवै दिल्ली पुगे । दिल्लीको बिबी रोडस्थित ५९ कोठीमा छाडेर जान्द्रे एकाएक गा’यब भएपछि मात्र बबिनाले आफू बेचि’एको सुइँको पाएकी थिइन् ।

बिरामी भएपछि उद्धारको बाटो खुल्यो
बबिनाले कोठीमा प्रत्येक दिन १५ देखि २० जना अपरिचित ग्राहकसँग ‘ राख्नुपथ्र्यो । प्रहरीले छापा मार्दा कोठी मालि’कले अर्कै ठाउँमा लुकाउँथ्यो । यही क्रममा उनी टि’बी रो’गको सि’कार भइन् । पाठेघरमा पनि पानी जम्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नियमित उप’चारका लागि मे’डिकल जानुपर्ने भयो । यही क्रममा उनको बिबी रोडमा चितवनकी एक परिचित महिलासँग भेट भयो । उनैमार्फत बबिनाले परिवारसँग स’म्पर्क गरिन् । परिवारको सहयोगपछि गत चैतमा बल्ल उनको उद्धा’र भयो । त्यसपछि गत १७ वैशाखमा उनले प्र’हरीमा जा’हेरी दिइन् ।

सोही जाहे’रीका आधारमा प्रहरीले बे’चबि’खनमा संल’ग्न जा’न्द्रेलाई शनिबार प’क्राउ गर्न सफल भएको हो । एसएसपी सिंहले भनिन्, ‘कोठीमै रहँदा बबिना टि’बीबाट पी’डित भइन् । पा’ठेघ’रमा पनि पानी ज’म्यो । उप’चारका लागि अस्प’ताल जानुपर्ने भयो । यही क्रममा उनले परिवारका सदस्यलाई खबर गरिन् । त्यसपछि मात्रै उ’द्धार भएको देखिन्छ ।’ यो खबर साभार गरियको हो ।