Monday, October 25
Shadow

एकदमै खुशीको खबरः देशभरी १ हजार शय्याका अ’स्पता’ल बनाउने प्रधानमन्त्रीकाे घाेषणा

प्रधान मन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका र प्रदेशमा गरी १ हजार शय्याका अस्थायी अस्प’ताल बनाउने घोषणा गरेका छन् ।

आज देश वासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री ओलीले नागरिकको जीवन रक्षाका लागि यस्तो व्यवस्था गर्न लागिएको बताए ।
प्रधानमन्त्री ओलीले यसका लागि नेपाली सेनालाई जिम्मा दिइएको बताए ।

ओलीले वीर अ’स्पतालको नयाँ भवन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्प’ताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मे’डिकल कलेज, ठूला सरकारी तथा निजी अस्पता’ललाई को’भिड अस्प’तालका रुपमा सञ्चालन गरिने पनि बताएका छन् ।

सबै सार्वजनिक स्थल, सभाहल, रंगशाला, होटल, पार्टी प्यालेस, कारखाना तथा गोदामघर लगायतका संरचना प्रयोग गरी सुविधा युक्त क्वारेन्टिन, आइसोलेन तथा होल्डिङ सेन्टर बनाइने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

ठूला अस्प’ताल तथा मेडि’कल क’लेजमा मेडिकल प्लान्ट स्थापना गर्ने, सञ्चालनमा नआएकाहरुलाई ममर्त गर्ने र लिक्विड अक्सि’जनको निर्यात रोक्ने निर्णय भएको उनले बताए ।

जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकि’त्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्ट’लाइनमा खटिने चि’कित्सक, स्वा’स्थ्यकर्मी, सुर’क्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमि’ख भत्ता दिनुका साथै विमा र परिवारको उप’चार गर्ने उनले बताए ।

नेपालन्युज बाट साभार गरियको