Saturday, November 27
Shadow

गाडी दौडिरहेको सडकको पुलमा १८ वर्षका पाइलटले विमान ल्याएर ल्याण्ड गराएपछि…

हेर्नुस भिडियो ,

काठमाडौं। सामान्य रुपमा तपाइँले विमान एयरपोर्टको रनवेमा ल्याण्ड गरेको देख्नुभएको होला ।

तर, एक किशोर पाइलटले भने विमानलाई गा’डी दौडीरहेको सडकको बीचमा रहेको पुलमा अ’वतरण गराएका छन् ।
अमेरिकामा १८ वर्षका पाइलटले आफूले उडाइरहेको विमानलाई व्यस्त सडकमा रहेको पुलमा आक’स्मिक अवतरण गराएका छन् ।भिडियो

सीएनएनका अनुसार अमेरिकाको दक्षिणी न्यू जर्सीमा विमान उडाइरहेका पाइ’लट ल्याण्डन लुकासले विमानमा खराबी आएपछि आ’कस्मिक अवतरण गराउनु परेको थियो । आ’कस्मिक अवस्थामा उनले एक पुलमा विमान सफल रुपमा अवतरण गराए किनकि विमानलाई अन्यत्र लैजानको लागि उनीसँग पर्याप्त समय थिएन ।

अधिकारीहरुका अनुसार यी पाइलटले न्यूजर्सीको एक पुलमा विमान अव’तरण गराउँदा केहीबेर सडकमा यातायात अव’रुद्ध भयो तर कसैलाई कुनै चो’ट लागेन । १८ वर्षका ल्याण्डन लुकासका अनुसार उनको विमानमा दिउँसो करिब साढे १२ बजे ख’रा’बी आएको थियो ।

त्यतिबेला लुकासले अटलान्टिक सिटीमा स्टिल पियर नजिकैको आका’शमा विमान उडाइरहेका थिए । लुकासले ओसन सिटीमा नजिकैको नगरपालिका हवाइ अ’ड्डामा विमान ल्याण्ड गराउने को’सिस गरिरहेका थिए तर यो स’म्भव थिएन । त्यही बेला उनले रुट नम्बर ५२ कजवेको पश्चिम’तर्फ जाने सडकमा यातायातमा केही अन्तर देखे ।

यो सडकले ओसन सिटी र सोमरस प्वाइन्ट’लाई जोड्छ । सडकमा गाडीहरुको बीचमा केही खाली ठाउँ देखेपछि उनले विमान सडकमै ल्याण्ड गर्ने निर्णय गरे । प्रत्यक्षदर्शीहरुका अनुसार लुकासले कसैलाई कुनै चो’ट नपर्ने गरी विमान ल्या’ण्ड गरेका थिए । अधिकारीहरुका अनुसार यस क्रममा वि’मानलाई पनि कुनै क्ष’ति भएन । घ’टनाको थप जाँच भइरहेको छ । डिसी नेपाल बाट यो पनि पढनुसज्योतिष शास्त्रका अनुसार सपनामा देखिने सबै कुराले हामीलाई केही न केहि संकेत गराइरहेको हुन्छ।

सपनाको सम्बन्ध हाम्रो भित्री मन वा आत्मासँग जोडिएको छ भन्ने विश्वास गरिन्छ।कहिलेकाँही सपनामा एउटा कुरा बारम्बार देखि रहन्छ भने यसको मतलब सपनाले हामीलाई केहि संकेत दिन खोजि रहेको हुन्छ।तर हामी यसलाई बुझ्न भने सक्दैनौ। केही सपनाले भने, जीवनमा राम्रो संकेत पनि दिने गर्दछ। धेरै पटक सपनामा गहना तथा सुन देखा पर्दछ र यसको आफ्नै महत्त्व रहेको हुन्छ।

यदि सपनामा सुन देखियो भने जान्नुहोस्, यसले तपाईको जीवनमा के अर्थ राख्दछ र यसले के संकेत दिन खोजेको छ….सपनामा अधिक सुनका गहनाहरु देखेमा, तपाई कुनै विवाह समारोह आदिमा सहभागी हुदै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ, जसमा तपाईको पैसा पनि खर्च हुनेछ।

यदि सपनामा आफुसंग भएको सुन अरुलाई दिएको देख्नुहुन्छ भने, कसैले तपाईलाई मूर्ख बनाएर तपाईबाट पैसा कमाउँने संकेत दिएको हुन्छ। सुनको गहना चोरी भएको देख्नु भएमा, एक विपक्षीले तपाईलाई हानी पुर्याउने संकेत मानिन्छ।

सपनामा, सुनको एक सानो टुक्रा देखा पर्यो भने तपाईको घरमा कोहि बिरामी हुन गइरहेको र पैसा खर्च हुने संकेत गराउँदछ। सुनका गहनाहरु किन्दै गरेको देख्नु भएमा, चाँडै तपाईको भाग्य खुल्दै छ र तपाईको जीवनमा प्रगति हुदैछ भन्ने बुझ्नु पर्छ। कसैबाट सुन प्राप्त गर्नुको मतलब, तपाईको सम्पत्ति बढिरहेको छ भन्ने बुझिन्छ।

कसैले तपाईलाई सुन उपहार दिन्छ भने, तपाइको व्यवसायमा राम्रो सफलता हुने संकेत मानिन्छ। सपनामा आफूले सुनका गहना लगाएको देख्नु भएमा, तपाईको बिवाहित जीवन वा तपाईको काममा समस्या आउने संकेत दिएको हुन्छ। सपनामा कुनै पनि रुपमा सुन दिनु भनेको पैसा गुमाउने संकेत मानिन्छ। यो खबर साभार गरियको हो।