Friday, November 26
Shadow

मलामी गएका एकै गाउँका ३१ जनामा स’ङ्क्र’मण

पोखरा न्यूज । गत बुधबार कोरो’नाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०÷७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

निषेधाज्ञा जारी

जिल्लामा को’रोना स’ङ्क्र’मणको दर अत्यधिक वृद्धिसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको

जिल्ला स्तरीय को’भि’ड–१९ स’ङ्कट व्यव’स्थापन समितिले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुने गरी यही वैशाख २२ गते बिहान ६ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरी कोरो’नाको ‘चेन ब्रेक’ गरी स’ङ्क्र’मण न्यूनी’करण तथा रो’क’मको प्रयास थालनी गरिएकोे छ ।

बैठकले जिल्लाको १५ वटै पालिकालाई अ’क्सिजन सहितको आ’इसो’लेशन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न, सबै अस्प’ताल सञ्चालन गर्न, कार्यालय तथा व्यापार व्यवसायहरु सञ्चालन गर्दा स्वा’स्थ्यका माप’द’ण्ड पूरा गर्न, सङ्कटको बेला उपभोक्तालाई ठगी नगर्न जस्ता निर्देशनहरु समेत जारी गरेको छ ।