Sunday, November 28
Shadow

२ घण्टामा फुल चार्ज र ८ यात्रु सहित १२ सय किलोमिटर चल्ने कार, नेपालमा समेत उत्पादन गर्ने कम्पनीको योजना

पहिले यो भिडियो,

नेपालमा समेत उत्पादनको योजना सहित हाल भारतमा ब’न्दै गरेको विद्युतीय गाडी ट्राइटन हाल सम्म कै उच्च विशेषतायुक्त कारका रूपमा देखा परेको छ ।

ट्राइटनले भारतमा आफ्नो मोडेल एच इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। यो इलेक्ट्रिक कारको विशेषता यो छ कि यो एक पटक फुल चार्जमा यसलाई १२०० किमीसम्म चलाउन सकिन्छ।

पेट्रोल र डिजेलको बढ्दो मूल्यहरूको बिच इलेक्ट्रिक कार एक विकल्प हो।तर, यसलाई बारम्बार चार्ज गर्ने तनाव रहन्छ। यस्तो स्थितिमा अब अमेरिकी इलेक्ट्रिक वाहन कम्पनी ट्राइटन यो समस्याको समाधान सहित आएको छ।यो एसयूभीमा २०० किलोवाट ब्याट्री प्याकको हाइपर चार्जको एक सेटबाट शक्ति लिने व्यवस्था छ ।

ट्राइटन ईभीले दाबी गरेको छ कि इलेक्ट्रिक एसयूभी एक हाइपरचार्जरको माध्यम बाट मात्र दुई घण्टामा रिचार्ज गर्न सकिन्छ।

यो कारले मात्र २.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ । पूर्ण चार्ज पछि यो लगभग १२०० किमीको चलाउन सकिन्छ । यो संसारमा यस्तो क्षमताको पहिलो इलेक्ट्रिक कार हुनेछ।

ट्राइटन मोडल एच एसयूभी ७ कलर अप्सनमा लन्च हुनेछ।ट्राइटनको यो कारको लम्बाई १८ फिट छ। यसमा ८ जाने यात्रु सजिलै बस्न मिल्छ भने २ सय वर्ग फिट क्षेत्रमा समान राख्न सकिन्छ।

सो कम्पनीलाई उद्धृत गर्दै भारतीय समाचार माध्यममा प्रकाशित समाचार अनुसार कम्पनीले भन्यो कि उसले पहिले नै भारतबाट २.४ अर्ब डलर को खरिद आदेश प्राप्त गरेको छ।

सो कम्पनीले चाँडै भारतको तेलंगानाको जहिराबाद क्षेत्रमा आफ्नो उत्पादन इकाई स्थापना गर्ने योजना बनाएको छ। उनले आगामी केही महिनामा अर्ब डलर लगानी गर्ने बताएको छ। कम्पनीका अनुसार भारतसँगै कम्पनीले बङ्गलादेश, श्रीलङ्का, नेपालमा पनि कार उत्पादन गर्ने छ। कसरी बन्यो सुन ? यस्तो छ रोचक तथ्य
काठमाडौं — सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र अन्य धातु यस पृथिवीमा ?

वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथिवीमा आफैं उत्पन्न भएका होइनन् । करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मंगलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए । यो टक्करबाट पृथिवीमा अनि मंगल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए ।

यो भयंकर र विनाशकारी टक्करका कारण पृथिवी आफ्नो धुरीबाट १० डिग्रीसम्म सरेको थियो । टोकियो इन्टिट्युट अफ टेक्नोलोजीमा वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले यो खुलासा गरेको हो । कम्प्युटर सिमुलेसन प्रविधिबाट उनीहरूले यो कुरा पत्ता लगाएका हुन् ।

यो अनुसन्धानमा पृथिवीको उत्पत्तिदेखि लिएर पहिलो ३०० मिलियन वर्षको अध्ययन गरिएको थियो । इम्पिरियल कलेज लन्डनका भूगर्भविद् माथियास विलबोल्डले बताए, ‘खगोलीय पिण्डहरूमा टन्नै सुन थियो र उनीहरू पृथिवीमा ठोक्किँदा यहाँ बेस्सरी सुन जम्मा हुन पुग्यो ।’यसरी खगोलीय पिण्डहरूको टक्करबाट पृथिवीलाई नोक्सान मात्र नहुने भई कहिलेकाहीँ फाइदा पनि पुग्छ । यो खबर सामाजिक सञ्जालबाट साभार गरियको हो ।