Sunday, November 28
Shadow

करिश्मा कपुरसँग विवाह नभएपछि अहिलेसम्म अविवाहित छन् अक्षय खन्ना ! कारण यस्तो

पुरा खबर,

बलिउड अभिनेता विनोद खन्नाका छोरा अक्षय खन्नाले बलिउडमा आफ्नो बेग्लै पहिचान बनाएका छन् ।

अक्षयको जन्म २८ मार्च १९७५ मा भएको थियो । अक्षयले बलिउडमा आफ्नो करियर १९९७ मा चलचित्र’हिमालय पुत्र’ बाट सुरु गरेका थिए । अक्षय खन्नाको दोस्रो चलचित्र ‘बोर्डर’ हो ।

अक्षय खन्नाले फिल्म ‘ताल’बाट पहिचान बनाए । चलचित्र १९९९ मा रिलिज भएको थियो र सुपर हिट भयो । फिल्ममा अक्षयसँग ऐश्वर्या राय थिइन् । फिल्म ‘दिल चाहता हे’ बाट अक्षयले फिल्म फेयर वेस्ट सपोर्टिङग एक्टरको अवार्ड पाए । यसपछि अक्षयका ‘हमराज’, ‘हङ्गामा’, ‘हलचल’, ‘रेस’ र ‘दहक’ जस्ता चलचित्रमा सफल भए ।

अक्षय खन्नाका बुवा विनोद खन्नाको निधन २०१७ मा भयो । यसपछि अक्षय एक्लो भए । ४६ वर्षको उमेरमा पनि उनले विवाह गरेका छैनन् । मीडिया रिपोर्ट्सका अनुसार, अक्षय खन्नाको विवाहको लागि करिश्मा कपुरलाई प्रस्ताव गरिएको थियो । तर कारणवश उनीहरूको विवाह भएन ।

करिश्माका बुवा रणधीर कपूरले विनोद खन्नाको घरमा छोरीको विवाहको सम्बन्ध पठाएका थिए । तर करिश्माकी आमा बबीता कपूरले मानिन् । सो समय करिश्माको करियर सुरुवातमा थियो । बबीताले चाहिनन् कि करियरको यस समयमा करिश्माको विवाह होस ।

अक्षय खन्नालाई एकपट विवाह बारेमा सोधिएको प्रश्नमा भनेका थिए , ‘मलाई बच्चा मन पर्दैन त्यसैले मैले आजसम्म विवाह गरिन ।’ साथै उनी भन्छन् , ‘ म कहिले पनि विवाह गर्न चहादिन । मलाई एकलै बस्न ठिक लाग्छ । म केही समयसम्म सम्बन्धमा रहन सक्छु तर लामो समयसम्म त्यो सम्बन्धलाई निभाउन सक्दिन ।’

अक्षय खन्नाको नाम दुई-तीन हिरोइनसँग पनि जोडिएको थियो । यस मध्ये एक हुन् तारा शर्मा । अक्षय सधैँ लजालु स्वभावका रहेका छन् त्यसैले उनी आफ्नो पर्सनल लाइफको बारेमा कुरा गर्दैनन् । ताराको विषयमा पनि उनले बाहिर कहिल्यै कुरा गरेनन् । अक्षय खन्ना केही समय रिया सेनसँग पनि डेटमा रहे ।

अक्षय खन्नाको अन्तिम गर्लफ्रेन्ड सेरा हुन । सेरा एक ब्रिटिस मोडल हुन् । अक्षय र सेरा भेटघाट इङल्याण्डको ट्रिपमा भएको थियो । सेराले अक्षयसँग भारतमै बस्ने निर्णय गरेकी थिइन् । तर पछि अक्षयले एक जर्मन केटीको लागि उनलाई धोखा दिएको हल्ला बाहिरिएको थियो ।

अक्षय खन्नाले चलचित्र ‘एक्सीडेन्टल प्राइम मिनिस्टर’ र ‘सेक्शन ३७५’ मा राम्रो काम गरे । अन्य चलचित्र भने रिलिज हुन बाकी छ । यो पनि अक्षय कुमारका छोरा आरव भाटिया १९ वर्ष पुगेका छन् ।

उनि मिडिया बाट टाढा नै बस्छन् तर आफ्नो ड्यासिङ लुकका कारण उनले आफ्ना लागि उल्लेख्य फ्यानबेस खडा गरेका छन् ।

उनि असाध्यै सुन्दर भएका कारण बेला बेला उनको तस्बिर सोसल मिडियामा भाईरल भईरहन्छ।

हुन त आरवलाई सार्वजनिक रुपमा कमै देखिन्छ । तर जब उनी पापाराजीको क्यामरामा कैद हुन्छन्, तब ती जताततै छाउँछन् । आरवको पार्टीका तस्बिर होस् वा क्यान्डिड तस्बिर, उनको ह्यान्डसम र चार्मिङ लुक्सका कारण कयौ युवतीहरु उनि प्रति फिदा हुन्छन् ।

आरवको एउटा तस्बिर जुन सबैभन्दा बढी भाइरल भएको थियो । त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको कान तानिरहेको देखिएका थिए । प्रधानमन्त्रीले आरवलाई गुड बोय भनेका थिए । यो तस्बिर सन् २०१६ को हो जब मोदी इन्टरनेशनल फ्लिट रिभ्यूमा उपस्थित भएका थिए । त्यहाँ आरव पनि सरिक भएका थिए ।

आरव आफ्ना पिताजस्तै ह्यान्डसम छन् । उनको लुक्स धेरथोर उनका पिता अक्षयसँग मेल खान्छ । पिता र छोराबीच उत्कृष्ट बन्ड छ । आरव आफ्नी आमाको निकै नजिक छन् । ट्वीङ्कल खन्ना सोसल मिडियामा छोराको जीवनसँग जोडिएका अपडेट्स सेयर गरिरहन्छिन् । आरवलाई आफ्नो पितालाई झैं पकाउन निकै शौक छ । आरवको सेन्स अफ ह्युमर पनि निकै राम्रो छ ।

आरव पार्टीमा पनि निकै रमाउँछन् । सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खानसँग आरव धेरैजसो पार्टी गरिरहन्छन् । यी दुई निकै मिल्ने साथी हुन् । आरव र इब्राहिमलाई थुप्रै पटक सँगै देखिएको छ । आरवलाई खेलकुदमा पनि निकै शौख छ ।

आरवको बलिउडमा प्रवेशको विषयमा विभिन्न अड्कलबाजी गरिन्छन् । छोराको बलिउडमा आउन सक्ने सम्भावना बारे अक्षयले भनेका थिए – मेरो छोरा निकै फरक छ । ऊ मेरो छोरा हो भनेर कसैलाई पनि बताउन चाहँदैन ।

उनी लाइमलाइटबाट टाढा नै बस्न चाहन्छ । ऊ आफ्नो पहिचान आफैं स्थापित गर्न चाहन्छ । म उसलाई उसको आफ्नै तरिकाले बस्न दिन्छु । मेरा पिता मेरो जीवनको प्रेरणा हुन् । मैले उनको सबै नियम पालना गरेँ जुन उनले मलाई सिकाए । आशा गर्छु, आरवले पनि त्यो सब पाउनेछन् ।

आरव निकै क्षमतावान छन् । उनी आफ्ना पिताजस्तै मार्शल आर्टस्मा ट्रेन्ड छन् । आरवसँग ब्राउन बेल्ट छ । उनले जूडो नेशनल च्याम्पियनशिपमा गोल्ड मेडल जितेका छन् । आरवको चार्मिङ पर्सनालिटी र गुड लुक्स धेरैजसो चर्चामा छाइरहन्छ । आरवको नाममा इन्स्टामा थुप्रै फ्यानक्लब बनेका छन् जहाँ आरवका क्यान्डिड तस्बिर र सेल्फी भाइरल भइरहन्छन् । यो खबर साभार गरियको हो