Sunday, November 28
Shadow

अनन्यालाई एनसीबीको प्रश्न : आर्यानले ड्र’ग्स खाएको देख्नु भएको छ ?

एजेन्सी ।

आर्यान खान ड्र’ग्स केसमा एनसीबीले अनन्या पाण्डेसँग आज दोस्रो दिन पनि सोधपुछ गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार २१ अक्टोबरमा अर्थात् हिजो भएको सोध पुछमा एन’सीबीले कुनै महत्वपूर्ण प्रमाण भेटेको छ, जुन ड्र’ग्स केसमा अनन्यासँगको च्याट ठुलो लिंक हो ।

एनसीबीले बोलाएपछि अनन्याको काम रोकिएको छ । एनसीबीले उनको फोन समेत जफत गरेको छ । उनले केही दिनपछि विज्ञापनको सुटिङ गर्नु थियो, तर उनले नभ्याउने देखिएपछि उनको टिमले समय परिवर्तन गरेको छ ।

पहिलो दिन एन’सीबीले अनन्यासँग आर्यानसँगको च्याटबारे सोधेको थियो । के तपाईँ आर्यान खानलाई चिन्नुहुन्छ ? आर्यानले ड्र’ग्स लिएको देख्नुभएको छ ? आर्यान ड्र’ग्स कोसँग लिन्थे ? के तपाईँले आर्यानसँग ड्र’ग्स लिनुभएको थियो ? लगायतका प्रश्नको सामना अनन्याले हिजो गर्नु परेको थियो । उनले आर्यानले ड्र’ग्स लिएकाे नदेखेकाे जवाफ दिएकी थिइन् ।

आर्यानले अनन्यासँग गाँ’जा ‘ट्रा’इ गर्ने इच्छा जाहेर गरे’को एनसी’बीले च्याटमा फेला पारेको छ । यस विषयमा पनि साेधपुछ गरिएकाे छ । यो खबर साभार गरियको हो ।