Sunday, November 28
Shadow

घरमा अचानक बढ्न थालेको खर्चले हालत खराब भयो ? तुरुन्त ध्यान दिनुहोस् यी कुरामा !

पुरा खबर,

वास्तुशास्त्रका अनुसार घरमा राखिने हरेक वस्तुको आ–आफ्नै दिशा हुने गर्दछ। भनिन्छ, हामीले जुन दिशामा सामान राख्छौँ, त्यसको प्रत्यक्ष असर हाम्रो जीवनमा समेत पर्ने गर्दछ।

कुनै घरमा कुनै न कुनै कुरामा सबै विवाद हुने गर्दछ वा उस घरका सदस्य प्रायः विरामी हुने गर्दछन् भने त्यसको कारण वास्तु दोष हुन सक्दछ। आज हामी तपाईलाई कुनै यस्तो कुराका बारेमा जानकारी दिदैछौँ, जसको ध्यान राख्दा वास्तु दोषबाट बच्न सकिन्छ।

यदी घरको मुल ढोका अगाडिनै जुता चप्पल खोलेर राख्ने बानी छ भने हटाउनु होस ढोका अगाडि नै जुता चप्पल राख्दा माता लक्ष्मी प्रबेश गर्नुहुन्न भन्ने मान्यता रहेको छ।

खाना खाएपछि भान्सा कोठा कहिले जुठो राख्नु हुन्न । माझ्न नसकेको खण्डमा जुठो भाडाहरूलाई हल्का पानीले पखालेर राख्नुस। जुठो भाडा राख्नले धन हानी हुने गर्छ तथा उक्त जुठो बसी खानाबाट आउने नराम्रो कुराहरुले हाम्रो वातावरणमा नराम्रो असर लाउन सक्छ।

घरको भान्सा, बाथरूम वा अन्य कुनै स्थानमा लागेका धाराबाट पानी चुहिन्छ भने यसलाई अशुभ मानिन्छ । यसरी बन्द धाराबाट पानीका थोपाथोपा चुहिदाँ घरमा नकारात्मक ऊर्जाको वास हुने गर्दछ । साथै पानीको व्यर्थ हुनु वा बग्नु नराम्रो मानिन्छ । वास्तु अनुसार जुन घरमा धारा चुहिन्छ त्यहाँ ब्यर्थ खर्च हुने गर्दछ ।

भान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा महालक्ष्मी अप्रसन्न हुने र घरमा दरिद्रताका साथसाथै आर्थिक हानी हुने गर्छ। यो पनि पढनुस, अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो ।

तर विश्वमा केही यस्ता देश पनि छन् जसको एउटा पनि विमानस्थल छैन ।

१. एण्डोरा : युरोपको छैटौँ सबैभन्दा सानो देश एण्डोरा विश्वको १६ औँ सानो देश हो । यसको क्षेत्रफल ४६८ वर्ग किलोमिटर छ । यो देशको जनसंख्या ८५ हजार रहेको छ । एण्डोरामा कुनै पनि विमानस्थल छैन । यद्यपि तीन वटा प्राइभेट हेलिप्याड भने छन् ।

यो देशको सबैभन्दा नजिकको विमानस्थल भनेको स्पेनको विमानस्थल हो जुन १२ किलोमिटर टाढा पर्दछ । यति हुँदाहुँदै पनि एण्डोरामा वर्षेनी लाखौँ पर्यटक घुम्न आउँदछन् ।

२. लिच्टेन्स्टाइन : युरोपको एक दोहोरो भूपरिवेष्ठित मुलुक लिच्टेन्स्टाइन अष्ट्रिया र स्विजरल्याण्डको बीचमा रहेको छ । यो देशको क्षेत्रफल १६० वर्ग किलोमिटर रहेको छ । यो देशलाई प्राचीन मुलुकको रुपमा मानिन्छ जहाँ पाषाण युगमा समेत मानव बसोबास भएको प्रमाण प्राप्त भएको छ । यो देशमा पनि कुनै विमानस्थल छैन । यो देशबाट सबैभन्दा नजिकको विमानस्थल भनको स्विजरल्याण्डको जूरिच विमानस्थल हो ।

३. मोनाको : पश्चिम युरोपको एक सानो देश मोनाको विश्वको दोश्रो सबैभन्दा सानो देश हो । फ्रान्स र इटालीको बीचमा रहेको मोनाको देशको कूल जनसंख्याको अनुपातमा सबैभन्दा धेरै करोडपति रहेको देश हो । त्यसका बाबजुत पनि मोनाकोमा एउटा पनि विमानस्थल छैन । मोनाकोको सबैभन्दा नजिकको विमानस्थलचाहिँ फ्रान्सको विमानस्थल हो ।

४. सान मारिनो : यो पनि युरोपेली मुलुक नै हो । सान मारिनोलाई युरोपको सबैभन्दा पूरानो गणराज्य पनि मानिन्छ । यो विश्वको पाँचौँ सानो देश पनि हो । सान मारिनोमा एउटा पनि एयरपोर्ट छैन । यद्यपि एउटा हेलिप्याड र एउटा सानो एयरफिल्डचाहिँ रहेको छ । यो देशको सबैभन्दा नजिकको एयरपोर्टचाहिँ इटालीमा पर्दछ ।

५. भ्याटिकन सिटी : यो विश्वको सबैभन्दा सानो देश हो । इसाई धर्मको प्रमुख सम्प्रदाय क्याथोलिक चर्चको केन्द्र हुनुका साथै क्रिस्चियन सर्वोच्च धर्मगुरु पोपको निवास स्थान पनि हो । भ्याटिकको क्षेत्रफल यतिधेरै कम छ कि सिंगै देशको जमिन प्रयोग गर्दासमेत एउटा एयरपोर्टलाई चाहिने जग्गा पुग्दैन । इटालीको रोम एयरपोर्ट भ्याटिकन सिटीबाट सबैभन्दा नजिकमा पर्ने विमानस्थल हो । यो खबर साभार गरियको हो ।