Tuesday, January 18
Shadow

आर्यनसंग च्याटमा ड्रगवारे कुरा गर्ने नायीका हुन् चंकी पाण्डेकी छोरी अनन्या, २ घण्टा लियो एनसीबीले बयान यस्ता थिए प्रश्न

पुरा खबर,

एजेन्सी । शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेको घटनामा अर्की नायिका अनन्या पाण्डेपनि तानिएकी छन् ।

मुम्बई क्रूज शिप ड्र’ग घटनामा एनसीबी टोलीले बलिउड अभिनेत्री अनन्या पाण्डेसंग पनि सोधपुछ गरेको छ । आर्यन खानको च्याटमा अभिनेत्रीको नाम सार्वजनिक भए पछि विहिवार उनलाई एन’सीबीले बयानको लागि बोलाएको थियो ।

एन’सीबीले उनलाई बयानका लागि बोलाएपछि उनी बुवा चंकी पाण्डे संग बयानका लागि एनसीबी कार्यालय पुगेकी थिइन् । विहिवार उनको सोधपुछ पुरा भएको छैन, उनलाई शुक्रवार बिहान ११ बजे पनि फेरि सोधपुछ को लागी बोलाइएको छ।

आर्यन खानको न्यायिक हिरासत अक्टोबर ३० सम्म बढाइएको छ
शाहरुख खानका छोरा आर्यन खानलाई बिहीबार मुम्बईको क्रु’ज घट’नामा फेरि झट्का’ लागेको छ । मुम्बईको विशेष एनसीबी अ’दालतले आर्यन, अरबाज सहित आठजनाको न्या’यिक हि’रासत अक्टोबर ३० सम्म बढाएको छ। उनीहरुलाई यस पटक विहिवार अदालतमा पेश गरिएको थिएन न त भिडियो क’न्फरेन्सिंग नै गराइयो ।

अनन्यासंग एनसी’बीका अधिकारीहरुले आर्यनका बारेमा सोधपुछ गरेका थिए । कहिले देखि आर्यनले ड्र’ग लिन थालेको तिमीलाई थाहा छ ? च्याटमा भएको कुरा के हो ? आर्यनलाई औ’षधी दिने ब्यक्ति को हो ? उनले के के खान्छन् ? यस्तै प्रश्न गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो खबर नेपाली भाइरल न्युजबाट साभार गरियको हो ।