Wednesday, December 1
Shadow

जागिरको खोजीमा हुनुहुन्छ? या हातमा पैसा टिक्दैन? गनुहोस् यस्तो उपाय, मिल्नेछ तत्काल लाभ !

पुरा खबर,

धन मानिसका लागि नभई नहुने कुरा हो । तर सम्पत्ती नै सबैकुरा भने होइन ।

धन सम्पत्तीले धेरै काम गर्न सकिने भएकाले यसले जिवनलाई सहज बनाउँछ । त्यसैले धन प्राप्तीका लागि मानिसले अनेक उपाय अपनाउँछन् । हिन्दु धर्ममा धन र जागिर प्राप्त गर्नका लागि केही धार्मीक नियम र मन्त्र छन् जसले सफल बनाउँछ ।

त्यसैले मानिस सम्पत्ति कमाउन जागीर र ब्यवसायको आवश्यकता पर्दछ । यदि हाम्रो शरिरमा सकारात्मक उर्जा छैन भने त्यो सम्भव हुँदैन ।

त्यसैले सकारात्मक वातावरण बनाउनका लागि केही मन्त्र र व्रत छन् । हामी त्यस बारेमा तपाईलाई जानकारी गराउन चाहन्छौ । कतिपय मानिसले अनैकौ उपाय गर्दा पनि जागीर पाउन सकेका छैनन् । तर हिदू धर्मशास्त्र अनुसार यस्तो समस्याको समाधानका लागि शास्त्रहरुमा उल्लेख छ ।

धर्मशास्त्रहरुका अनुसार जागीर वा धनसम्पत्ति कमाउन भगवानको आराधनासहित व्रत बस्नु पर्दछ । व्रतले शरिर र मन शुद्ध हुन्छ । जसवाट हामीलाई सकारात्मक उर्जा प्राप्त हुन्छ । सकारात्मक उर्जाले नै मनोकामना पुरा हुन्छ । तर के का लागि कस्तो व्रत बस्ने रु त्यसबारे जानकारी नहुदाँ द्विविधा हुने गर्दछ । त्यसैले हामी जागीर पाउन र धनसम्पत्ति कमाउन कुन व्रत कसरी बस्ने त्यसबारे जानकारी दिँदैछौ ।

जागीर पाउन गर्नुपर्ने व्रत र त्यसको नियम
१. जागीर पाउनका लागी शनिबार शनी देवको व्रत राख्नु पर्दछ । २. शनिवार बिहान सबेरै उठेर पहिले एक सफा भाडामा तेल राखि आफ्नो छाया हेर्नुपर्दछ । ३. आफुले छाया हेरेको तेल, आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्दछ ।

४. शनिवार दिनभर केवल पानी मात्र ग्रहण गर्नुपर्दछ । अन्न सेवन गर्नुहुदैन ।५. साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ । ६. त्यसपछि ॐ शं शनैश्चराय नमः मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ । ६. साझमा दुध, फल लगायतका फलाहार सेवन गर्न सकिन्छ ।

धन प्राप्तीका लागी गरिने व्रत र नियम
१. धनसम्पत्ति प्राप्तीका लागी लक्ष्मी भगवतीको ८ वटा शुक्रवार व्रत बस्नु पर्दछ । २. यस दिन लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्दै धनलक्ष्मी स्वरुपको आराधना गर्नुपर्दछ । ३. व्रतको दिन, दिनभर केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ । ४. व्रतको मध्यरात्रीमा लक्ष्मीको प्रतिमा वा तस्बिर सम्मुखमा दियो बाल्नु पर्दछ ।

५. रातिको समयमा ॐ श्रीं श्रीयै नमः मन्त्रको ११ पटक जप गरी आरती गर्नुपर्दछ ।६. आरती पश्चात गुलाबको पुष्प वा गुलाबबाट बनेको इत्र समर्पित गर्नपर्दछ । ७. त्यसपश्चात मात्र अन्नको सेवन गर्नुपर्दछ । तर नुन सेवन गर्नुहुदैन । यो खबर साभार गरियको हो ।