Sunday, November 28
Shadow

सशस्त्र प्रहरीले यसरी पुछ्दैछन किसानका आँशु !

हेर्नुस यो भिडियो,

काठमाडौं ।जब देशमा सं’कट र जनतालाई समस्यापर्छ त्यतिबेला सबैभन्दा पहिला पुकारिने नाम नै सेना प्रहरी हो ।

भु’क’म्प, आ’गला’गी बा’ढि प’हिरो वा जुन सुकै बेला जबजब समस्या आउछ तबतब जनताले सेना प्रहरी भन्छन् ।

सिमारक्षा देखि नागरिकलाई समस्या पर्दा अ’होरात्र खटिने सशस्त्र प्रहरी बलले लगातार रुपमा परेको बर्षाले किसानको धानबालीमा क्ष’ति पुर्याएपछि अहिले किसानको धान झिकेर ट्याक्टरमा हाल्दै गरेको तस्विरले धेरैको मन छोएको छ ।

ठ्याक्कै स्थान पहिचान नभएपनि तराईमा जस्तो देखिने सो क्षेत्रमा बोटको प्रयोग गरेर सशस्त्रले किसानको धान निकालेका छन् । सशस्त्र प्रहरीले धान निकाल्दै गरेको तस्विर सार्वजनिक गर्दै हास्य कलाकार विल्सन विक्रम राईले लेखेका छन् कुनै कुनै तस्बिर बोल्छन कुनै तस्बिरले नबोली भावुक बनाउछन धेरै धेरै धन्यवाद सशस्त्र प्रहरी भनेका छन् ।

तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा राखेको धान डु’वानमा परेको छ । वर्षासँगै हावा चलेकाले नकाटेको धानलाई पनि क्षति पुर्‍याएको छ ।

प्रदेशहरुबाट प्राप्त विवरणअनुसार मंगलबार मध्यान्नसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो क्ष’ति भएको छ । ‘निरन्तरको ठूलो वर्षा र बाढीका कारण कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ७ जिल्लामा पाकेको धान बालीमा ठूलो अ’सर परेको छ,’ कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले भने ।प्रारम्भीक सूचनाअनुसार कैलाली, कञ्चनपुर, सुर्खेत, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका किसानको पाकेको धान बाढीको चपे’टामा परेका छन् ।

किसानहरूले काटेर खेतमा सुकाएको र कुन्यू लगाएर राखेको धान बाढीले डुबेको प्रवक्ता सञ्जेल बताए ।प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशमा पनि भित्र्याउन लागेको धान पानीले बिगारेको छ ।

पानीले बोटमा भिजेको धानभन्दा किसानले काटेर खेतमा सुकाएको, हावा र पानीका कारण ढलेर भिजेको धान बिउका लागि प्रयोग गर्नै नसक्ने बिगि्रएको छ । प्रदेश दुईमा मंगलबार दिउँसोबाट निरन्तर वर्षा सुरु भएकाले किसानहरु चि’न्तित छन् । अन्य प्रदेशमा पनि आंशिक अ’सर देखिएको छ ।

सातै प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार पानी र हावाका कारण देशको कुल धान उत्पादन क्षेत्रफलको ७.२९ प्रतिशत क्षेत्रफलमा प्रारम्भिक असर परेको देखिएको छ । नेपालमा यो वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । मंगलबार अपरान्हसम्म एक लाख ८४ हजार २०० हेक्टर क्षेत्रफलमा फलाइएको धान डुबानमा परेको छ । यो साभार गरियको खबर हो ।