Tuesday, December 7
Shadow

पोखरामा को’रोना अातङ’कः २४ घन्टामा पोखरामा ८ जनाको मृ’त्यु

पोखरा : पोखरामा गएको २४ घन्टामा को’रोना बाट ८ जनाको ज्या’न गए’को छ । यो गण्डकी बाहेक अरु प्रदेशमा घर भई यहाँ बस्दै आएकाहरु सहितको तथ्यांक हो । कास्कीका ५, पर्वत, रुपन्देही र दाङका को’रोना सं’क्र’मितको पोखरामा आइतबार मृ’त्यु भएको प्रदेश स्वास्थ्य निर्देशना लयले पुष्टि गरेको हो ।

कास्कीको पोखरा महानगर पालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीया महिला, पोखरा १६ की ७३ वर्षीया महिला, पोखरा १० की महिला (उमेर नखुलेको), पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्प’तालमा शनिबार मृ’त्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

पर्वतको कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिला, लुम्बिनी प्रदेशको दाङ राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उपमहानगर पालिका ३ का ७५ वर्षीय सं’क्रमि’तको पोखरामा उपचा’रकै क्रममा पछिल्लो ३ दिनयता मृ’त्यु भएको हो ।

गण्डकी प्रदेशमा कोरो नाबाट मृ’त्यु हुनेको संख्या २३१ पुगेको छ । लुम्बिनीका मृत’कको संख्या गण्डकी प्रदेशकोमा संलग्न गरिएको छैन । गण्डकी प्रदे’शमा को’रोना सं’क्र’मितको संख्या १८ हजार ७८१ पुगेको छ । सं’क्र’त मध्ये १६ हजार ८८२ जना निको भएका छन् ।

अन्नपूर्णपोस्ट बाट साभार गरियको