Monday, December 6
Shadow

मोबाईलमा चार्ज टिक्दैन ? यो हो चार्ज गर्ने सही तरिका ! थाहा पाउनुहोस्

हेर्नुस यो भिडियो,

नयाँ–नयाँ टेक्नो’लोजीसँगै फोनहरु विकसित हुँदै गएका छन् । सुविधाहरु बढिरहेका छन् । स्मार्टफो’नमा खासै सुधार हुन नसकि’रहेको एउटै समस्या हो– ब्याट्री लाइफ ।

महँगा र आधु’निक प्रविधिका स्मार्ट फोनमा झन ब्याट्री धेरै नटिक्ने समस्या हुन्छ । ब्या’ट्रीको चार्ज सकिएपछि चार्ज गर्न पनि घन्टौं समय लाग्छ ।

तर केही उपाय अपना’यौं भने चार्ज चाडो हुने गर्छ । सही तरि’कारले कसरी गर्ने मोबाइल चार्ज ? केही टिप्स यस्ता छन्–
मोबाइ’ललाई फ्लाइट मोडमा राख्नुहोस् ।

यो एकदम सामान्य र सजि’लो तरिका हो । जसबाट ए’कदमै तीव्र गतिमा मोबा’इल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नु’हुन्छ तब फोन गर्न मिल्दैन र जिपिए’सजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ ।

फोन पूरै बन्द गरेर चा’र्ज गर्ने

मोबाइल फोन चा’र्जका बारेमा मानि’सहरुका आ–आफ्नै तर्क भए पनि मो’बाइल चार्ज गर्दा फोन अफ गरेर चार्ज गर्दा चार्ज चाडो हुने गर्छ । फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ भन्ने पनि गरिन्छ । तर, यो गलत हो । तर, मो’बाइल चलाउँदै चार्ज गर्दा भने ब्याट्रीमा समस्या निम्तिन्छ । मोबा’इल तात्ने स’मस्या बढी देखिन्छ ।

मोबा’इल युए’सबी पोर्टबाट चार्ज नगर्नु उत्तम

मोबाइल फोन युए’सबी पोर्टबाट भन्दा बिजु’लीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहर’णका रूपमा एप्पल फोनका लागि उक्त कम्प’नीको सुझाब छ कि मोबाइल फोन बिजुली’बाट मात्र चार्ज गर्नुहोस् ।

ताप’क्रम मिलाउनुहोस्

तात्ने गरी ब्या’ट्री राख्दा यसको क्षम’तामा ह्रास आउँछ । उदाहरणका लागि एप्पल’का अनुसार गर्मीको कारण मोबा’इलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घा’मबाट पनि टाढा राख्नुपर्छ ।

आधि’कारिक चार्जर मात्र प्रयो’ग गर्नुहोस्

सबै चार्ज’र एउटै देखिन्छन्, तर एउटै भने कहि’ल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधि’कारिक चार्जर बाट मात्र चार्ज गर्नु हुन्छ । यसले सुर’क्षित तरिकाबाट सबैभन्दा राम्रो परि’णाम दिन्छ । खबर हब बाट साभार यो पनि किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका
साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् ।

मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झो’क्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै
घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् ।

पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने किशोरकिशोरी तथा बालबालिकामा अत्यधिक
मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा स’स्या हुन थालेको हो ।

घरबाहिर जाने, लामो समय घरमा नआउने तथा साथीभाइको सङ्गतमा सदैव डुल्याडुल्यै गर्ने आफ्नो १९ वर्षीय छोराको घरभित्रै बसिरहने बानी
परेपछि कैलालीको घोडाघोडी नगरपालिका–१० का पुरोषत्तम जैशी खुशी हुनुभएको थियो । आफ्नो छोरा एकाएक अघिल्लो महिनादेखि घरभित्रै
बस्ने मोबाइल चलाउने गर्न थालेपछि उहाँ खुशी हुनुभएको हो ।

छोरो घरभित्रै बस्न थालेपछि पहिलाजस्तो दिनभर घरबाहिर साथीभाइसँग डुल्न नजाने भयो भन्ने कुराले खुशी हुनुभएका जैशी अहिले छोरा घरभित्रै
भएर पनि परिवारसँग एक्कासि टाढिएको देखेर चिन्तित हुनुहुन्छ । घरभित्रै रहे पनि जुनसुकै सम’यमा मोबाइल चलाइरहने, इन्टरनेटमा गेम तथा
सामाजिक सञ्जालको एकोहोरो प्रयोग गरिरहने, कसैले बोलाए झर्किने तथा झोक्राउने गरेका कारण जैशीमा चिन्ता थपिएको हो ।

यो त एक उदाहरण मात्र हो । आधुनिक विकासको एक स्वरूप मोबाइल फोन भएको र यो अहिले प्रायः धेरैको हातमा पुगिसकेको अवस्थामा जवान,
वृद्धदेखि बालबालिका सबैमा मोबाइलको अत्यधिक लत बसेको बताउनुहुन्छ राष्ट्रिय कलेज सुखडका उपप्राध्यापक प्रभात बोगटी ।

बाबुआमाले पनि बच्चालाई मोबाइल दिएर भुलाउने गरिरहेका कारण निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा तनाव हुने, आँखा दुख्ने, टाउको
दुख्ने, बाबुआमासँग धेरै नबोल्ने, बोलाउँदा तीन चार पटकसम्म बोलाउनुपर्ने, पढाइप्रति लगाव कम हुने, अश्लील चित्र र भिडियोको लत बस्ने, साइबर
अपराधतिर तानिने सम’स्याहरू देखिन सक्ने भएकाले अभिभावक समयमै सचेत रहनुपर्ने बोगटी बताउनुहुन्छ ।

यसको समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने बोगटीको भनाइ छ । उनीहरूले मोबाइलको ठाउँमा खेल
खेलाउने, कहानी भन्ने, बच्चासँग आफू पनि सँगै खेल्ने, चित्र कोर्ने आदि उपायबाट बालबालिकामा बसेको मोबाइलको लत छुटाउन सकिने उहाँ बताउनुहुन्छ ।

लगातार मोबाइलको प्रयोगले तनाव, चि’न्ता तथा बे’चैनी, उदासी’ता, निद्रा’को सम’स्या, थका’न महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न
कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने मनोविद् सीता भण्डारीको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “लगातार मोबाइल चलाइ’रहनाले ढाड दुख्ने, टाउको दु’ख्ने, घाँ’टी र गर्दन दुख्ने, आँखामा सम’स्या, खान मन नहुने, तौल घ’ट्नेलगायतका
शारी’रिक लक्षण पनि देखिने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।”

लगातार इन्टरनेट वा मोबाइल चलाइरहने छोराछोरीलाई अभिभावकले उनीहरूको व्यवहार परिमार्जन गर्न सहयोग गर्नुपर्ने मनोविद् भण्डारीको भनाइ छ ।
मोबाइल नचलाई नमान्ने बच्चा भए घरका काम दिने र सो काम सकेपछि सकेको इनामका रूपमा मात्र केही समय प्रयोग गर्न दिने, यसो गर्दा मोबाइल

प्रयोग विस्ता’रै घट्ने तथा दिनमा केही समयका लागि फोन बन्द गर्न लगाई बच्चासँग आफूले समय बिता’उने काम पनि अभिभावकले गर्नुपर्ने
भण्डारी बताउनुहुन्छ । यसो गर्दा विस्तारै मोबाइल प्रयोग कम हुनसक्छ भन्नुहुन्छ भण्डारी ।(रासस) abc नेपाल बाट साभार