Sunday, November 28
Shadow

नेपालमा किन आइरहेकोछ छुस्सछुस्स भू’क’म्प ? यस्तो छ भू’क’म्प अाउनुको कारण

हेर्नुस भिडियो,

२०७२ को गोरखा भुइँचालोले असर पारेको क्षेत्रमा पछिल्लो एक महिनायता परकम्पन आउने क्रम फेरि बढेको छ।

पछिल्लोचोटि सोमबार दिउँसो १ बजेर ४६ मिनेट जाँदा सिन्धुपाल्चोकमा ४.७ म्यग्निच्यूडको भू’क’म्प गयो।

यसको केन्द्रविन्दु सिन्धुपाल्चोकको पाङफुङ रहेको राष्ट्रिय भू’क’म्प मापन तथा अ’नुसन्धान केन्द्रले जनाएको छ। यसको धक्का दोलखा र काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो। भूगर्भविद्हरूका अनुसार २०७२ को भुइँचालो गोरखाको बारपाकबाट सुरू भएर दोलखासम्म पुगेको थियो।

त्यसयता यो भूभाग अहिलेसम्म स्थिर छैन। चार म्याग्निच्यूडभन्दा साना कम्पन लगातार आइरहेकै छन्। त्यसमा पनि एक महिनाको भौगर्भिक तथ्यांक हेर्ने हो भने गोरखादेखि दोलखासम्मको क्षेत्रमा भू’कम्पीय गतिविधि बढेको देखिन्छ। पछिल्लो एक महिनाकै बीचमा गोरखालाई केन्द्र’विन्दु बनाएर एउटा, दोलखामा एउटा र सिन्धुपाल्चोकमा पाँचचोटि भुइँ’चालो’को ध’क्का महशुस गरियो।

यी ‘सबै गोरखा भुइँचालोका परकम्पन हुन्। त्यसअघि लामो समय यो क्षेत्रमा परक’म्पन रेकर्ड गरिएको थिएन। केन्द्रको तथ्यांकअनुसार भदौ २७ गते ८ बजेर ४१ मिनेट जाँदा ४.३ म्याग्निच्यू’डको भु’इँचालो गएको थियो। यसको केन्द्रविन्दु दोलखा थियो। त्यसपछि असोज ९ गते दिउँसो सवा १२ बजे सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.५ म्याग्नि’च्यूडको भु’इँचा’लो गयो।

फेरि एक साताभित्रै असोज १५ गते सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर अर्को भुइँ’चालो गयो जुन ४.२ म्याग्निच्यूडको थियो। भोलिपल्ट असोज १६ गते त दुईचोटि क’म्पन मह’शुस गरियो। दुवैको केन्द्रवि’न्दु सिन्धुपाल्चोक नै थियो। केन्द्रको तथ्यांकअनुसार असोज १६ गते बिहान ७ बजेर ५८ मिनेट जाँदा ४.६ म्या’ग्निच्यूडको र त्यसको केही बेरमा ८ बजेर १३ मिनेटमा ४.१ म्याग्नि’च्यूडको ध’क्का’ मह’शुस गरियो।

त्यसपछि असोज ३१ गते बिहान ४ बजेर ९ मिनेटमा गोरखा केन्द्रविन्दु रहेको ४.३ म्याग्निच्यूडको भु’इँ’चालो आएको थियो। केन्द्रका प्रमुख लोकविजय अधिकारी गोरखादेखि दोलखासम्मको यो भूक’म्पीय गतिविधिलाई परकम्प’नको सामान्य प्रक्रिया मान्छन्।’गोरखा भुइँचालोले यो क्षेत्रको भूकम्पीय चा’प सबै निख्रेको थिएन।

अहिले पनि यहाँको भू’सतहमुनि ठूलो मात्रामा भूकम्पीय शक्ति थुप्रेर बसेको छ जुन अहिलेजस्तै’ खुसुखुसु निष्कास’न भइरहन्छ,’ उनले सोमबार भने, ‘कुन बेला कताबाट यो श’क्ति निष्कासन हुन्छ भन्ने चाहिँ यसै भन्न सकिन्न। त्यो भूबनोटमा भर पर्छ।’

त्यसो भए गोरखाबाट सुरू भु’इँ’चालो ‘तरंगले दोलखासम्मको क्षेत्रलाई साढे छ वर्षभन्दा बढी खुसुखुसु हल्ला’इरहनुको कारण के त? पृथ्वीको भू–सतहभन्दा निकै मुनि ठूल्ठू’ला चट्टानका थुप्रै खण्ड छन्। तिनै च’ट्टान आपसमा जु’ध्दा’ भु’इँ’चालो, ज्वा’लामु’खी, सु’नामी’जस्ता भौग’र्भिक विप’त्ति आउँछन्।

हामी नेपालको जुन सतहमा उभिएका छौं, त्योभन्दा तल दुई ठूला चट्टान करोडौं वर्षदेखि आपसमा जु’धिरहेका छन्। तिनलाई इन्डियन र युरेसियन प्लेट भनिन्छ। यिनै दुइटा’ प्लेट वा चट्टानको घर्ष’णले हिमाली शृंखला र पहाड–पर्वत बनेका हुन्। त्यही ‘ प्रभावले अहिलेसम्म भु’इँचा’लोको ध’क्का झे’ल्न हामी बाध्य छौं।

करोडौं वर्षअघि जब इन्डियन र युरेसियन प्लेट आपसमा जु’ध्न थाले, त्यसले बनाएको दरार पूर्वदेखि पश्चिमसम्म एकनास थिएन। त्यही भएर यो क्षेत्रमा जब-जब नयाँ भुइँ’चालो जान्छ, त्यसले बनाउने दरार एकनासको हुँदैन। यो तलमाथि वा दायाँबायाँ छरिन्छ र कहि’लेकाहीँ कुनै ठाउँमा पुगेर अड्किन्छ।

गोरखा भुइँ’चालो’को दरार पनि पूर्वदेखि पश्चिमसम्म एकनास नभएको अधिकारी बताउँछन्। यो दरार काठमाडौं हुँदै दोलखासम्म पुग्यो तर त्यहाँबाट अगाडि बढ्न सकेन। यसले भुइँचालोको तरंग काठमाडौंदेखि दोलखाको भू–भागमा बढी केन्द्रित भए’को उनको भनाइ छ।

यसलाई सजिलो गरी बुझ्न कपडा उधारेको उदाहरण लिऊँ। तपाईंले कपडाको थान च्यातेको देख्नुभएकै होला। सुरूमा अलिकति च्यातिन्छ, बाटो बनेपछि धर्रर उध्रिँदै जान्छ। यहाँ कपडा उध्रिने शक्तिलाई भु’इँचा’लो तरंग मान्ने हो भने त्यो शक्ति दोलखाभन्दा अगाडि बढेन। अर्थात्, ‘ थान पूरै च्यात्तिन पाएन।

‘२०७२ को भु’इँ’चालो चुरे फेदसम्मै पुगेर जमिन चि’रा परेको भए त्यसको शक्ति उतिबेलै निख्रि’सक्ने थियो। तर यो दोलखा र काठमाडौंको दक्षिणी भू–भागमा आएर अ’ड्कियो,’ उनले भने, ‘जुन ठाउँमा भु’इँचा’लोको शक्ति सञ्चय भएर बस्छ, त्यसले त्यहाँ बारम्बार ध’क्का दिइरहन्छ।’

यति मात्र हाइन, २०७२ वैशाख २९ को दोलखा भुइँचालो २० किलोमिटरभन्दा बढी गहिराइबाट उत्पन्न भएको थियो। त्योभन्दा माथि अन्य थुप्रै सानातिना दरार पहिलेदेखि थिए। यसले दोलखा र सिन्धुपाल्चोकको सतहमुनि भूकम्पीय दरारको जालोजस्तै बनेको छ, अधिकारीले भने, ‘त्यहाँ भुइँचालो शक्ति प्रसारण भइरहन्छ।

यही शक्तिले एकअर्कालाई धकेल्दै आपसमा ‘एड्जस्ट’ भएर बस्ने ठाउँ खोज्छ।’उनले अगाडि भने, ‘शक्ति एड्जस्ट हुने प्रक्रियाले नै यो क्षेत्रमा धेरै भुइँचालो गएका हुन्।’ अर्को मुख्य कारण काठमाडौंको दक्षिणी स तहभन्दा ११ किलोमिटर तल अ ड्किएर बसेको भुइँचालोको शक्ति हो।

खानी तथा भूगर्भ विभागले गोरखा भुइँचालोलगत्तै नेपालका विभिन्न ठाउँमा रहेका जिपिएस स्टेसनबाट तथ्यांक निकाल्दा भुइँचालो दरार काठमाडौंको दक्षिणी सतहमुनि अड्किएको देखिएको थियो। अहिले पनि त्यो शक्ति जस्ताको तस्तै छ। त्यो कहिले निष्कासन हुन्छ र भुइँचा लोको झट्का कहिले बन्द हुन्छ यसै भन्न सकिन्न।

नेपाली भूगर्भ वैज्ञानि’कहरूले यसमा चार सम्भावना देखाउँदै आएका छन्। पहिलो, अड्किएको शक्ति विस्तारै फुक्दै जानेछ र सानो–सानो कम्पनबाट ‘रिलिज’ हुनेछ। काठमाडौं र वरपर क्षेत्रमा केन्द्रविन्दु बनाएर जाने स–साना भुइँ’चालाले यहाँ गाँठो परेको चिरा उधार्दै चुरे फेदसम्म पुर्‍याइदिन सक्छ।

यसो भइदिए साना म्याग्निच्यूडका धक्का लामो समय महशु स भइरहनेछ। यही गतिमा शक्ति निख्रिन धेरै वर्ष लाग्न सक्छ तर कम जोखिमपूर्ण हुन्छ। दोस्रो, वैशाख १२ को जस्तै अर्को धक्का आएर गाँठो परेको चिरा एकैचोटि चुरे फेदमा पुर्‍याइदिनसक्छ। र, भएभरको शक्ति एकैचोटि ‘रिलिज’ हुनसक्छ।

तेस्रो, यो शक्ति न एकै धक्कामा घिटिक्क बाहिर आउँछ न त लामो समय लगाएर विस्तारै फुक्दै जानेछ। बरू ५०–६० किलोमिटर तलसम्म गुजुल्टिँदै बस्छ र केही समयपछि बाहिर आउँछ। जमिनको निकै गहिराइसम्म गुजुल्टिएको शक्ति बाहिर आउँदा त्यसले ल्याउने कम्पनको मात्रा कम हुन्छ।

२०४५ को भु’इँचालो यसैगरी निकै तलबाट आएकाले कम क्षति भएको थियो। चौथो, अन्य क्षेत्रमा ठूलो भुइँचालो जाँदा त्यही बेला यहाँ जम्मा भएको शक्ति स्वतः बाहिर निस्कन्छ र खतरा टर्छ। उदाहरणका लागि, नेपालको पश्चिम क्षेत्रमा पाँच सय वर्षदेखि ८ म्याग्निच्यूडभन्दा ठूलो भुइँचालो गएको छैन।

त्यहाँ रन्किएर बसेको पिलो निचोरिँदा त्योसँगै काठमाडौंमुनि जम्मा भएको शक्ति बाहिर आउनसक्छ। यहाँ अर्को प्रश्न उठ्छ– छ वर्षपछि आइरहेका धक्कालाई पनि २०७२ कै निरन्तरता वा ‘पर’कम्पन’ किन भनिएको होला? भूगर्भविद् सोमनाथ सापकोटा यसलाई तन्केको स्प्रिङसँग तुलना गर्छन्।

‘हामीले स्प्रिङ तन्काएर छाड्दा त्यो एकैचोटि स्थिर हुँदैन। सानो–ठूलो झट्का दिँदै विस्तारै आफ्नो ठाउँमा फर्कन्छ। भुइँचालो पनि त्यस्तै हो,’ उनले भने, ‘यसलाई आफ्नो ठाउँमा फर्कन समय लाग्छ।’ उनका अनुसार, गोरखा भुइँचालोअघि पनि यस क्षेत्रमा सामान्य धक्काहरू आइरहन्थे।

अहिलेका यी धक्का जबसम्म २०७२ अघिको अवस्थामा फर्कंदैन, तबसम्म यसलाई परकम्पनकै रूपमा हेरिन्छ। गोरखादेखि दोलखासम्म आइरहेका धक्का अहिले पनि सामान्यभन्दा लगभग चार गुना बढी भएको भूगर्भविद्हरूको आकलन छ। यसले देखाउँछ,

भुइँचालोको संख्या र शक्ति घट्दै गए पनि धक्का जारी छ। अहिलेको अवस्था हेर्दा परकम्पन आउने क्रम अझै १०–१५ वर्ष जारी रहने अधिकारी बताउँछन्। सेतो पाटि