Monday, December 6
Shadow

भोकले म’रि’ने भैयो, ‘गरिब हुनु ठूलो पा’प रहेछ।’

काठमाडौं । रामेछापका ४२ वर्षीय सुजन तामाङ काठमाडौंमा ज्यामी काम गर्छन्। सहरको चोकमा बसेर कामको खोजी गर्न लागेको वर्षौं भयो। पछिल्लो पटक उनी डेढ वर्षअघि काठमाडौं आएका हुन् ।

कमाइ नभएर गाउँ फर्किन सकेका छैनन्। काम पाएको दिन होटलमा खान्छन्। नत्र सडकमै भोकै सुत्छन्। ‘को’रोना अघि काम पाउन खासै गाह्रो थिएन।

तर, को’रोना देखिएपछि काम पाउन धौ–धौ छ’, तामाङ भन्छन्, ‘कहिले कता पुग्यो, कहिले कता दौडियो। सातामा एक–दुई दिन काम गरेर टिक्नुपर्ने अवस्था थियो।

अहिले त यो पनि ठप्प भयो।’ गाउँमा श्रीमती र छोराछोरी छन्। भन्छन्, ‘कमाइ नभएपछि गाउँ फर्कन नै लाज लाग्ने रहेछ।’ काठमाडांै बसेर कमाएको होला भनेर आश गर्छन् । के लैजानु, के पठाउनु। कमाइ हुँदा दुई चार पैसा पठाएको पनि हो। तर, अहिले त घर जाने भाडा छैन।

उनी पशुपतिनाथ मन्दिर परिसरमा संस्थाले खाना बाँड्छ भन्ने सुनेर केही दिनअघि यता आइपुगेका रहेछन्। दिनभर यही बस्छन्, कामको खोजी गर्छन्। सानोतिनो काम पाए गरिहाल्छन्।

रात परे पछि पाटीपौवामा निदाउँ छन्। पशुपति आ’र्यघा’ट छेउमै रहेको विश्राम स्थलमा भेटिए रामेछापकै मानबहादुर मगर। उनी बेन्च झुलिरहेका थिए। मैलो ज्याकेट र च्यातिएको चप्पल लगाएका मगर खानाको खोजी गर्दै पशुपति आइपुगेका रहेछन्।

उनी पनि सडकमै रात बिताउने मजदुर हुन् । किन त रु भन्छन्, ‘सधैभरि काम पाइँदैन रु गास जुटाउनै मुस्किल हुन्छ रु कसरी तिर्नु काठमाडौंको महँगो कोठा भाडा र खर्च रु’ यस अघिको लकडाउनमा धेरै मजदुरले रात काट्ने आश्रयस्थलको रूपमा पशुपति मन्दिर परिसर बनाएका थिए। अहिले पनि हरेक दिन खानाको खोजीमा सयौं जना पशुपति पुग्ने गरेका छन्।

मानव सेवामा समर्पित केही संघ–संस्थाले पशुपति परिसरमा निःशुल्क खाना वितरण गर्दै आइरहेका छन्। को’रोना महा’मा’री फैलि’एपछि धेरै मजदुरहरूले रोजगारी गुमा’एका छन्।

त्यसले उनीहरूको दैनिक गुुजा’रा नै प्रभावित बनेको छ । को’रोना महा’मा’रीको दोस्रो लहरले च्याप्दै लगिरहेको छ। स’क्र’मित हुने र को’रो’नाकै कारण मृ’त्यु हुनेको संख्या बढ्दो छ। यो क्रममा अझ बढी मजदुरले रोजगारी गुमाउने पक्का छ।, यो समाचार अन्नपुर्ण पोष्टमा छ ।