Tuesday, October 26
Shadow

भारतीय प्रख्यात गायक मिका सिंहले पहिलो पटक गाए नेपाली गीत (भिडियो हेर्नुस्)

हेर्नुस भिडियो,

काठमाडौं । भारतका प्रख्यात गायक मिका सिंहले पहिलो पटक नेपाली गीतमा आवाज भरेका छन् । उनको स्वरमा रहेको ‘बोतलको बिर्को’ बोलको गीत सोमवार राजधानीमा सार्वजनिक गरियो ।

मुम्बईको स्टूडियोमा रेकर्ड गरिएको यो गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री रहेको छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द रचना छ ।

विभोर पोखरेल र दीलिप समनको संयुक्त निर्देशन रहेको गीतको भिडियोमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, एलिसा शर्मा, श्रेया संग्रौला र कविता नेपाली फिचर्ड छन् ।

दीलिप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको गीतको भिडियोमा अस्मिता लामिछाने सह–निर्माता छिन् ।

सुप्रिम पराजुलीकोे सम्पादन र कलर ग्रेडिङ, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, विजय बस्यालको पब्लिसिटी डिजाइन, सुमन अधिकारीको फोटोग्राफी रहेको गीतको भिडियोको हेड अफ प्रोडक्सन मनोज जोशी, प्रोडक्सन म्यानेजर विशाल कार्की, विक्रम तामाङ र अमृत कुमार चन्द हुन् हेर्नुस भिडियो,