Saturday, October 23
Shadow

दाङमा कार भित्र मृ’त भेटिएका तीन बालकको परिचय खुल्यो

दाङमा शनिबार राति दाङको तुलसीपुर उप महानगर पालिका–६ स्थित स्याउली बजारमा पार्किङ गरेको भारतीय नम्बरको गाडीमा भेटिएका बालकको श’वको पहि’चान भएको छ ।

इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार मृ’तक तुलसीपुर उपमहानगरपालिका–६ गाइडरका हुन् ।

सिंहका अनुसार मृ’तक बालकहरु भीम बहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परि’यारका ७ वर्षीय छोरा करण रहेका छन् ।

करिब ३ महिनादेखि त्यस ठाउँमा पार्किङ गरि राखिएको आरजे ०१ ०१६६०८८५ नम्बरको कारभित्र शनिबार राति तीन बालकोको श’व भेटिएको थियो ।

प्र’हरीका अनुसार उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव प्रसाद गैरेले नेपाल ल्याएको र गत माघ १ गते देखि सो स्थानमा पार्किङ गरी राखिएको थियो ।

गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्र’णमा लिई अनुस’न्धान भइरहेको प्र’हरी नायब उपरीक्ष’क सिंहले जानकारी दिए ।

तीनै बालकको श’व स्थानीय अस्प’तालमा राखिएको छ । शवको पो’ष्टमा’र्टम रिपोर्टपछि घटना’का विषयमा केही खुल्न सक्ने प्र’हरीको भनाइ छ ।

फरकधारबाट साभार गरियको