Tuesday, October 26
Shadow

घान्द्रुक जीप दुर्घटनामा अस्ताएका पन्तले सानैमा बुबा र दाईलाई पनि सवारी दुर्घटनामै गुमाएका थिए !

दुखद खबर,

गोरखा : सानै उमेरमा बाबु आमा र दाई गु’माएका गोरखा स्याउली बजारका २३ बर्षिय बिनय पन्तले पनि सं’सार छाडे’का छन् ।

सोमबार घान्द्रुक घुम्न जाने क्रममा उनि सहित ८ जनाले जीप दुर्घ’ट’नामा ज्या’न गु’माएका हुन् । उनको मंगलबार आँबुखैरेनी स्थित अन्त’यष्टि गरिएको छ ।

बच्चा देखि बुढा सम्मका ब्यक्ति माझ प्यारो नाम थियो बिनय पन्त । सानै देखि मिजासिलो सहयोगी चाडैं सबै संग घुलमिल हुने स्वभावका बिनय सबैलाई रुवा’एर यस संसारबाट बि’दा भए । स्थायी घर गोरखा भएका बिनय न्युरोड काठमाडौंमा अंकलको होलसेल पसल सञ्चालन गरेर गोङ्गबु काठमाडौंमा बस्दै आएका थिए ।

दशै नजिकिदै थियो साथिहरु सङ्ग घम्ने भनेर असोज २४ गते पोखरा गएका थिए पोखरामा सबै साथिहरु सङ्ग भेट गरेर घान्द्रुक घम्ने भनेर गाडि रिजर्भ गरेर उतै हानिए दशैँको बिदामा घुम्न गएका उनी सहित ८ जनाको जिवनमा २५ गते दिउँसो २ः३० बजे का’लो दिन बनेर आयो ।

उनी सहित सवार ९ जनाको गाडि भि’रबाट २०० मिटर तल ख’स्यो र उनी सहित ८ जनाले प्रा’ण त्या’गे । १ जना बाँच्न सफल भए । उनको पो’ष्टमा’र्टम भएपछि मंगलबार आँबुखैरेनी स्थित दरौदीँ नदी किनारमा दा’हसं’स्का’र गरिएको छ ।

उनका साथी लक्ष्मण काप्रीका अनुसार बिनय एक टु’हु’रो युवा थिए सानोमा आमा’ले छो’डेर गएको र उनका दाई र बुबाको समेत पहिले नै सवारी दु’र्घट’नामा परि मृ’त्यु भएको थियो । सानै देखि बुबा र आमाको माया नपा’एका बिनय ३ जना दाईहरुको काखमा हुर्किएका थिए ।

निकै इमानदार र मिजासिलो स्वभावका केही काम गर्न पनि पछि नहट्ने खालका थिए । बिनयको मृ’त्युको खबरले गाउँ शो’का’कुल छ । यो खबर साैराह अनलाइनमा छ । यता दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीया सुजा चौधरी बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन्।

उनकी बहिनी २० वर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घटनामा उनीहरू दिदीबहिनी नै परे।

आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्। दुर्घटना भएको खबर पाउनासाथ उनीहरू हेलिकप्टर चार्टर गरेर पोखरा झरे। दुर्घटनामा दुवै छोरी गुमाएको आमा पार्वतीलाई थाहा थिएन। छोरी दुर्घटनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन्। अस्पतालको आकस्मिक कक्षअगाडि असह्य पीडा पोखिरहेकी थिइन्।

होनाहार दुई छोरीले कोख रित्तो बनाएर गएपछि बाबुराम र पार्वतीले अस्प्तालमा आफुलाई सम्हाल्न सकेनन् । २४ वर्षीया सुजा र २० वर्षीया लिजाका बुबाआमा बाबुराम र पार्वती चौधरी हुन् । दिल्लीमा एक महिना बसेर असोज १९ मा पार्वती काठमाडौं फर्किएकी थिइन्। उनलाई क्या न्स र देखिएपछि छोरीहरूले निकै भरोसा दिन्थे ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको दुई छोरीको शव देखेपछि बाबुरामले श्रीमतीलाई सम्झाउन सकेनन्। पार्वती अचेत जस्तै भइन्।

‘दुईवटै छोरी जन्मिँदा मेरो कोख दुखेन,’ अस्पताल परिसरमा चि च्या उँदै उनले भनिन्, ‘अहिले मेरो शरीर सबै छि या छि या भएको छ।’ दुई छोरीले नै बुबा र आमालाई झ ग डा नगर्न प्रतिज्ञा गर्न भन्थे।

पार्वतीले मान्ने थिइनन्। बरु झ ग डा गरेन भने घर चल्दैन भन्थिन्। उनले नयाँ फोन किन्दिन छोरीसँग गरेको वाचा सम्झिइन। भनिन्, ‘आऊ छोरी अब म प्रमिस गर्छु, बुबासँग कहिल्यै डि स्क स गर्दिनँ।’

‘जन्माउँदा मेरो कोख दुखेन, हाँसीहाँसी दुवै छोरी जन्माएकी थिएँ,’ पार्वती एक्लै बर्बराउँदै थिइन्, ‘आज मेरो शरीर भ’तभ’ती पोलेको छ। मेरी डाक्टर छोरी, आऊ छोरी म तिम्रो हात चुम्छु।’ पार्वती क्यान्सर रोगी छिन्। उनको उपचारमा पनि नर्सिङ पढ्दै गरेकी छोरी सुजा खटिएकी थिइन्।

पार्वतीको घर चितवनको सौराहा हो। तर लामो समयदेखि काठमाडौं बस्न थालेकी थिइन्। उनीहरू कपडाको व्यापार गर्छन्। व्यापार क्रममा एक महिनाअघि भारत गएका थिए। नेपाल फर्केको जम्मा दुई साता भएको रहेछ।

‘म नेपाल आउँदा वेलकम ममी भनेका थियौ। सपिङ गर्दिनू, हामी घुम्न जान्छौं भनेका थियौ। सपिङ गरिदिएँ, आज तिमी कहाँ छौ छोरी,’ बेहोसीमै पार्वतीले भनिन्। आमा पार्वतीले श्रीमान बाबुरामलाई बारम्बार गुनासो गरिरहेकी थिइन्। छोरीहरूसँग घुम्न जान पार्वतीले आग्रह गरेकी रहिछन्। उनले श्रीमानलाई भनिन्, ‘मैले भनेथेँ नि तपाईंलाई, छोरीहरूको गार्जियन, सँगै जानु भनेर…।’

सोमवार कास्कीको पर्यटकीय गाउँ घान्द्रुक गइरहेको जीप मोदी खोलामा खसेर दुर्घटना हुँदा ८ जनाले ज्या न गु माए। उनीहरु सबैजसो काठमाडौंका रहेको पुष्टि भएको छ। उनीहरु सबै दसैं बिदामा घान्द्रुक घुम्न जाँदै थिए। एकै टोल र अधिकांश संगै पढ्ने साथीहरु थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र प्रहरी प्रमुख एसपी रमेश थापा घटनास्थल पुगेर मृतकहरुको पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाएका छन्। दुर्घटनामा घाइते २० वर्षीया देविका घिसिङलाई उपचारका लागि पोखरा पठाइएको छ। उनी भीरमा अड्किएर बाँचेकी हुन्। उनको नाक र बायाँ हातमा चोट छ। उनी काठमाडौं ३ गोंगबुकी बासिन्दा हुन्। यो खबर साभार गरियको हो ।