Tuesday, October 26
Shadow

पतिपत्नी बीच झगडा भइ रहन्छ भने अप्नाउनुहोस् यी उपाय !

पुरा खबर,

पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ।

शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ।
कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झगडा तथा मन मुटाव यति धेरै बढ्छ की सम्बन्धमा दरार आउन समय लाग्दैन।

आफ्नो सहपाटीको सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनुले सम्बन्धमा खट्पट आउन थाल्दछ। यदी तपाईको सहकर्मी पनि सानो सानो कुरामा रिसाउने गर्दछन् भने सबै भन्दा पहिले तपाईले त्यस्तो व्यवहार देखाउनुको पछाडिको कारण जान्न आवश्यक छ। त्यसको समाधान निकाल्न सक्नु भएन भने कुनै ज्योतिषका उपाय अप्नाउनु उत्तर रहन्छ।

ज्योतिषका अनुसार गुरु ग्रहको विवाहका कारण ग्रह मानिने गरिन्छ। विवाहको स्थान, जन्म पत्रिकाको सप्तम स्थान हुने गर्दछ। कुण्डलीमा यसको स्थान यदी सूर्य, गुरु, राहु, मंगल, शनि जस्ता ग्रह भएका वा यी स्थानमा यिनको दृष्टी भएमा वैवाहिक जीवन सुखी हुन सक्दैन्।

सप्तम स्थानमा सूर्य हुनु निश्चित सम्बन्ध विच्छेदको कारण हो। त्यही कुण्डलीमा गुरु कमजोर भएमा पनि विवाहसँग सम्बन्धीत समस्याको समाधान गर्नु पर्दछ।

यी उपाय अप्नाउनुहोस् – शिव लिं,गको पुजाः पति पत्नीले आफ्नो झगडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान् शिवको पुजा आरधना गर्नु भएमा तपाईको सम्बन्धमा सुधार आउन सक्छ। सिन्दुरको डिब्बा पति सुत्ने ठाउँमा राख्नेः यदी पती पत्नीबीच झगडा भइरहन्छ भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओछ्यानको मुनी सिन्दुरको डिब्बा राखिदिनु पर्दछ

त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कुण्डलीको दोष मेटिन सक्छ। सूर्यलाई जल चढाउनेः विवाहित जोडिले हरेक बिहान सुर्यलाई जल चढाउने गर्यो भने पनि तपाईबीच हुने गरेको झगडा प्रेममा परिनत हुन थाल्दछ। गौमती चक्रः यति तपाई पति पत्नीबीच प्रेम बढाउन चाहनुहुन्छ भने तपाईले लगाउने गरेको सिन्दुरको डिब्बामा एउटा गौमती चक्र राख्नु पर्दछ। किनकी उक्त चक्रलाई शुभ मानिने गरिन्छ।

यो पनि पढौ : के तपाई पर्समा यी चीजहरु राख्नु हुन्छ ? त्यसो भए तुरुन्तै हटाउनुहोस्, नत्र हुन्छ धन हानि – पर्स एक यस्तो छरितो र सजिलो चिज हो । जसलाई प्रायः सबैले आफ्ना महत्वपूर्ण कागजात देखि लिएर पैसा राख्न प्रयोग गर्ने गर्छन् । पर्समा पैसा वाहेक अन्य महत्त्वपूर्ण चीजहरू राख्दा कहिले कहिँ नकारात्मक शक्तिले वास गर्ने वास्तु नियममा उल्लेख गरिएको छ।

वास्तुशास्त्रकाअनुसार पर्समा केही यस्ता चीजहरु छन्, जसलाई राख्दा अशुभ हुन्छ। जसका कारण पर्समा पैसा नटिक्ने वा खर्च भइहाल्ने समस्या उत्पन्न हुन्छ । वास्तु नियमानुसार यस्ता चिजलाई तत्काल पर्सबाट हटाउनु पर्ने विश्वास रही आएको छ।

पर्समा के राख्नु हुँदैन – १. चावी वा साँचो – अधिकांश व्यक्तिहरु आफ्नो पर्समा साँचो राख्छन्। तर वास्तु शास्त्रका अनुसार पर्समा साँचो राख्नु शुभ मानिदैन। पर्समा कुनै पनि प्रकारको धातुले नकारात्मक ऊर्जालाई आकर्षित गर्छ र यसले धन हानि हुने प्रवल सम्भावना बढेर जाने मान्यता छ।

२. मृ’त परिवारजनको फोटो – पर्सको मुख्य काम भनेको पैसा राख्नु हो। र यसलाई देवी लक्ष्मीको वासस्थान पनि भनिन्छ। यस्तो अवस्थामा मृ’त परिवारजन वा कोही मृ’तकको तस्बिर राख्नु भनेको अशुभ मानिन्छ। त्यसैले, आफ्नो पर्सबाट मृ’त व्यक्तिको फोटोलाई तुरुन्तै हटाउनुहोस्। पर्समा यस्ता चीजहरूले नका’रात्मक उर्जा निम्त्याउँछ।

३. रसिद– वास्तुकाअनुसार पुराना रसिदहरू पर्समा राख्नुलाई अशुभ मानिन्छ। यस्ता पुराना कागजातले पैसालाई पर्समा टिक्न दिँदैन। देवी लक्ष्मीलाई पनि पुराना र फोहोर ठाउँ मन नपर्ने धार्मिक विश्वास रहेको छ। त्यसैले कुनै पनि बेकार कागजात पर्समा नराख्नुहोस् ।

४. च्यातिएका पैसा – वास्तुकाअनुसार पर्समा राखिएका नोटहरू देवी लक्ष्मीलाई प्रतिनिधित्व गर्दछ। यस्ता नोट वा पैसा कहिँ कतै प्रयोगमा आउँदैन। जसकारण यस्ता च्यातिएका पैसाहरुलाई जति सक्दो पर्सबाट निकालेको राम्रो मानिन्छ। यस्ता चिजले नकारात्मकतालाई बढावा दिन्छ।

५. देवीदेवताहरूको तस्बिर – प्रायःजसो मानिसहरुले पर्समा देवीदेवताहरूको तस्वीरहरु राख्ने गर्छन्। तर वास्तुको नियमअनुसार त्यस्ता तस्बिरहरु पर्समा राख्नु हुँदैन। पर्समा भगवानका यन्त्रहरु राख्न सकिन्छ । तर देवीदेवताहरूको तस्बिर राख्नु नहुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ। साभार गरियको खबर ।