Sunday, November 28
Shadow

रुपन्देहीबाट अायो कोरो’ना संग संबन्धित निकै नै दुखद खबर

बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा ९ जना कोरो’ना संक्र’मितको मृ’त्यु भएको छ। यो सँगै रुपन्देहीमा मृ’त्यु हुनेको संख्या २ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ सय ३२ जना सं’क्रमि’त थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै बुटवल उप महानगर पालिकामा २ सय ५ जना सं’क्रमित थपिएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिकामा ६५ जना, तिलोत्तमा नगरपालिकामा ७२ जना, देवदह नगरपालिकामा २३ जना संक्र’मित थपिएका छन्।

रुपन्देहीमा सक्रिय सं’क्रमि’तको संख्या ३ हजार २ सय ८२ पुगेको छ।

रूपन्देहीमा वैशाख १ गतेयता संक्र’मणदर एकाएक उकालो लागेको छ। वैशाख १ मा ३८ जना सं’क्रमित देखिएकोमा १८ गतेसम्म आइपुग्दा दैनिक संक्र’मित हुनेको संख्या ४ सय ३२ पुगेको छ। यो संख्या वैशाख १ यता निरन्तर बढेको देखिन्छ।

तथ्यांक अनुसार २ गते १५ जना, ३ गते ३६ जना, ४ गते ३५ जना, ५ गते ६६ जना, ५ गते ७९ जना संक्रमित थपिएका थिए। यस्तै वैशाख ७ गते ७३ जना, ८ गते १ सय १८ जना ९ गते ६८ जनामा सं’क्र’मण देखिएकोमा १० गते एकाएक बढेर यो संख्या २ सय २६ मा पुगेको थियो।

त्यस्तैगरि वैशाख ११ गते ३ सय १, १२ गत २ सय ४, १३ गते २ सय ६३, १४ गते ४ सय १९, १५ गते ३ सय ८०, १६ गते ४ सय ४७, १७ गते ४ सय ५९ जनामा सं’क्रम’ण पुष्टि भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए।

रूपन्देहीमा मृ’त्युदर २ प्रतिशत पुगेको छ भने निको हुने दर ७३ प्रतिशत छ। २५ प्रतिशत सक्रिय सं’क्रमित छन्।

deshsanchar.com बाट साभार