Tuesday, October 26
Shadow

प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि बिरामी युवतीले चालीन यस्तो चकित पार्ने कदम !

पुरा खबर,

तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ।यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन्।

यद्यपि , भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले उनलाई मेकअप बिना नदेखुन् भनेर हतारहतार मेकअप गरेकी छिन् ।

चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर यति उत्साहित भइन् कि उनले फेसबुकमा निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् !’

प्रेमीले आफूलाई कमजोर नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन् ।रेस्पिरेटर राखिएको उनको

अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको थियो तर यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना गरे ।उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने धेरैले बताएका छन् ।

उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बि रामीजस्तो नदेखिएको बताएका छन्।कतिले भने प्रेमीले चिन्ता लिने हुन् कि भनेर वाङ्मेयीले यस्तो गरेको हुनसक्ने बताउँदै उनको समर्थन पनि गरेका छन् । एजेन्सी यस्तै अर्को प्रसंग कुखुरी पहिले जन्मियाे कि अन्डा ? यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ।ु

अब अर्को प्रश्न थपिएको छ, अन्डा शाकाहारी कि मांशाहारी ?हामी यस प्रश्नमा धेरै अलमलिन्छौं । किनभने यो आफैंमा मासु जन्य होइन।

वा मासु जस्तै कुनै सग्लो शरीर काटकुट गरिएको होइन। तर, यसको स्रोत भनेको कुखुरी नै हो। साथसाथै अन्डा, जसबाट चल्ला पैदा हुन्छ।अन्डा चल्लाको स्रोत मात्र होइन । मिठो खान्की पनि हो। अन्डाको थरीथरी परिकार बन्छ। मासु नखानेहरुले समेत अन्डा खाने गरेको पाइन्छ।

कतिले भने यसलाई मांशाहारीकै कोटीमा राख्ने गर्छन्। त्यही कारण उनीहरु मासु जस्तै अन्डा पनि खाँदैनन् । उनीहरुको तर्क हुन्छ कि, अन्डा भनेको कुखुराले दिने हो। यसले गर्दा यो ननभेज हो। तर, यस्तै तर्क गर्ने हो भने, दुधलाई पनि त ननभेज भन्नुपर्ने।

किनभने यो पनि जनवारले दिने हो।अब तपाईं भन्नुहुन्छ कि, अन्डाबाट बच्चा पैदा हुन्छ। तर, बजारमा पाइने अन्डा अनफर्टिलाइज्ड हो। अर्थात् त्यसबाट कहिले पनि चल्ला पैदा हुँदैन। हुनै सक्दैन।अब भने यो विवादलाई विज्ञानले सफाइ दिएको छ। विज्ञानले भन्छ, अन्डा शाकाहारी नै हो। रिसर्च अनुसार अन्डाको सेतो भागमा केवल प्रोटिन हुन्छ। त्यसमा मासुको कुनै अंश हुँदैन।