Saturday, October 23
Shadow

मुगु जाँदै गरेको बस दिउँसो २ बजेतिर दु’र्घ’टना: १६ को मृ’त्यु, १८ घा’इते ! घा’इतेको अवस्था चि’न्ताजनक

निकै दुखद खबर

मुगु : जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दु’र्घ’टना हुँदा कम्तिमा १६ जनाको घ’ट’नास्थ’लमै मृ’त्यु भएको छ।

अन्य १८ जना घा’इते भएका छन्। घाइतेको अवस्था चि’न्ता’जनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरा लोबाटोका कारण दु’र्घटना भएको प्रहरीको प्राम्भिक अनुस न्धानले देखाएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घ’टना भएको हो। अहिले घा’इतेहरुको उ’द्दारकार्य जारी छ। घट’नाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले अन्नपूर्णलाई जानकारी दिए। यस्तै खबर अर्को हिजोको दुखद खबरको,

पोखरा । बीएससी नर्सिङको चौथो वर्षको परीक्षा सकाएकी सुजा चौधरी दसैँ बिदामा पोखरासहितका ठाउँ घुम्ने योजना बनाइन् ।

काठमाडौंको गोंगबु बस्ने २४ वर्षीय चौधरीको भ्रमण टोलीमा उनकै २० वर्षे बहिनी लिजा चौधरी (जो सीडीएस अध्ययनरत थिइन्), सोही ठाउँ बस्ने १८ वर्षीय जिनलव घिसिङ र उनकी दिदी २० वर्षीय देविका घिसिङ मिसिइन् ।

नजिकका चारजना भाइबहिनीका टोलीलाई परिवारले घुमघामको अनुमति दियो, मंगलबार घर फर्कने समय दिएर ।परिवारले दिएको त्यो मंगलबार आइपुग्न पृथ्वीले आफ्नो अक्षमा २३ घण्टा ५६ मिनेटको परिभ्रमण गर्न बाँकी नै थियो ।

त्योभन्दा अगावै सोमबार दिउँसो एउटा खबर आयो, ‘घान्दु्रकको कलाभीरमा जिप दु’र्घटना, ८ जनाको घ’टनास्थलमै मृ’त्यु ।’यो एउटा समाचारमात्र थिएन, घिसिङ परिवार र चौधरी परिवारमाथि एउटा ब’ज्रपात पनि थियो ।

एउटा आमाको मुटु चि’स्याउने समाचार थियो, एउटा बाबुको सपनामाथिको भूकम्प थियो ।आखिर समाचार सत्य थियो । चौधरी दिदीबहिनी दु’र्घटनास्थलमै ज्यान गुमाए । १८ वर्षीय लिजवन घिसिङले पनि घटनास्थलमै प्राण त्यागे । देविका घिसिङ भने भिरमा अ’ड्किएर बाँच्न सफल भइन् ।

चौधरी दिदीबहिनीका आमा र लिजनवका पितालाई मात्र आफ्ना छोराछोरी गुमाएको थाहा छ । तर, भिरमा अ’ड्केर बाँचेकी देविकालाई आफूले भाइ र साथी गुमाएको अहिले (सोमबार साँझ) सम्म थाहा छैन । छोरा गुमाएका बाबुलाई छोरीलाई सान्त्वना दिनुपर्ने अर्को जिम्मेवार पनि थपिएको छ ।

आफ्ना छोराछोरी घान्दु्रक गएको दुवैका परिवारलाई थाहा थियो । त्यसैले त दिउँसोको दु’र्घटनाको समाचार आउनासाथ उनीहरू हेलिकप्टर लिएर पोखरा हान्निए ।त्यतिखेरसम्म मृ’तकको पहिचान खुलिसकेको थिएन । आफ्ना छोराछोरीसँग सम्पर्क नभएपछि उनीहरू झनै आ’त्तिए ।

पोखरा आइपुग्दा मृ’तकको पहिचान खुलिसकेको थियो । उनीहरूलाई घा’इतेको उपचार भइरहेको भनेर जानकारी दिइयो ।पोखरा विमानस्थलबाट सिधै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइपुग्दा घान्दु्रकबाट एउटा एम्बुलेन्स र एउटा जिपमा चार–चारवटाका दरले ८ वटा श’व भर्खरै झा’रिएको थियो ।

इमर्जेन्सीमा लस्करै राखिएका ती श’व उनका परिवारलाई हेर्न दिइएन, मात्र उपचार चल्दैछ भनेर सान्त्वना दिइयो । तर, श’व ल्याइएको जिपमा र’गतका छि’टा देखेर जिनलवका पिता गोपाल घिसिङको आँशु थामिएन ।भगवान पु’कार्दै उनी रुँदै थिए– मेरो राजा…।

दुवै छोरीलाई अस्पतालबाट सँगै काठमाडौं लैजान भनेर आएकी पार्वती चौधरी दिदीबहिनीका आमा आफ्नो प्रा’ण दिएर भएपनि छोरी बचाउने भन्दै थिइन् । तर, नहुने भइसकेको थियो । भित्र लस्करै राखिएका ८ वटा श’वमध्ये एउटा घिसिङको थियो, दुइवटा चौधरी दिदीबहिनीको ।

‘असत्य होस्’ भन्दाभन्दै पनि सत्य थाहा पाउनु नै थियो ।चौधरी दिदीबहिनीका आफन्तले इमर्जेन्सी वार्डको गेटबाट चिहाएर हेरे, त्यसपछि रुँदै चि’च्याउँदै फर्के । छोरीलाई मागिरहेकी पार्वती अचानक अचेत बनिन् ।जब होसमा आइन्, अनि भगवान पु’कार्न थालिन् ।

निर्जीव भगवानसँग, निर्जीव छोरीहरूलाई सजीव बनाउन भाकल गरिन्, तर,…।मैले हाँसीहाँसी जन्माएँ मेरै दुइवटै रानीलाई । त्यतिबेला मेरो कोख दुखेन । आज मेरो कोख दुखेको छ । मेरा छोरी मलाई देऊ, म सम्हाल्छु उनीहरूलाई । मैले कहाँ गल्ती गरेछु ।

म कस्ती आमा हुँ, मैले किन जान दिएँ हुँला ?मेरा दुईवटा छोरीहरू छन, उनीहरू डाक्टर हुन् । म बिरामी हुँदा उपचार गर्छु भन्थे । आमा हजुरलाई क्या’न्सर भएको छैन भनेर मलाई बचाउने तिमीहरू आज कहाँ गयौ ?मलाई तिमीहरूले नै दिल्लीबाट उपचार गरेर ल्याएका हौ, मेरा रानीहरू ।

मलाई सत्य कुरा गर, मेरा रानीहरू खै ? मेरो भगवान । आज म भगवानसँग हात जोड्छु । मेरो दुईवटा हातमा आऊ । मेरो दुनिया मलाई देखाइदेऊ ।मेरी एउटी छोरी हिम्मतवाली छ, एउटीको मुटु कमजोर छ । मैले किन पठाएँ ? म प्राण दिन्छु, फर्केर आऊ ।तर, छोरीहरू फर्केर आउनेवाला थिएनन् ।

इमर्जेन्सी वार्डको पछिल्लो गेटबाट पत्तै नपाउनेगरी शवहरू पोस्टमार्टम वार्डमा लगियो । यता परिवार भगवान पु’कार्दै थिए, उता छोराछोरीको श’वको अ,’न्त्येष्टिको तयारी हुँदै थियो । चौधरी दिदीबहिनी र घिसिङबाहे घान्दु्रक दु’र्घटनामा २० वर्षीय सुशन चौधरी,

२२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले र गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक ४२ वर्षका खुसीमान क्षेत्रीले पनि यही दु’र्घटनामा ज्यान गुमाउन पुगे ।क्षमताभन्दा बढी यात्रु पनि थिएनन्, अनुभवी चालक थिए, तर दु’र्घटना कसरी भयो त ?

घान्द्रुकका एक स्थानीय अमृत गुरुङ भन्छन, “असोज १ गतेदेखि हो, घान्द्रुक खुलेको । चाडपर्वको समय पनि भएको हुनाले अहिले बाटो मर्मतको काम पनि चलिरहेको छ । दु’र्घटना भएको ठाउँलाई घान्द्रुकको कलाभीर भनेर चिनिन्छ । त्यहाँ अहिले आइतबारदेखि सोलिङको काम भइरहेको छ ।”

सोलिङ गर्ने मजदुर बाटोमा नै रहेको र उनीहरूले नै प्रत्यक्ष रूपमा जिप दु’र्घटना भएको देखेका थिए ।उनी भन्छन्, “बाटो सोलिङ भइरहेका कारण तलैदेखि हाई पिकअपमा जिप लैजानुपर्ने थियो, माथि पुगेपछि जिप रोकियो, रोकिएको जिपमा ब्रेक लागेन,

ब्याक भयो अनि सिधै २०० मिटर तलको बाटोमा ब’जारियो, लकडाउनपछि भर्खरै खुलेको घान्द्रुकमा एउटा दुः’खद् घटना भयो ।”ग १ ज ६९०० नम्बरको उक्त जिप तल खस्दै गर्दा देविका घिसिङ भिरमा अ’ड्किएर बाँ’चेकी छन् । यो खबर सेतोपाटि डटकम मा छ ।