Tuesday, January 18
Shadow

के तपाँइलाइ थाहा छ फोन उठाउँदा किन भनिन्छ ‘हेलो’ ? यस्तो छ अचम्मको कारण

एजेन्सी

आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोबाइल फोन छ। मोबाइल हाम्रो दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ।

यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’। तपाइँले कहिल्यै सोच्नुभएको छ, मानिसहरुले फोन उठाउँदा किन हेलो भनेर कुरा सुरु गर्छन् ? यो कहाँबाट सुरु भयो ?

यसरी शुरु भयो हेलोको शब्द – सर्बप्रथम अलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार शुरू गरेका थिए। टेलिफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसँग कुरा गरेका थिए।

टेलिफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो। त्यसक्रममा मानिसहरु “आर यू दियर” र (Ahoy) भनेर कुराकानी शुरू गर्दथे। त्यस क्रममा थोमस एडिसनले यसलाई HELLO शब्दको प्रयोग गरे।

त्यस समय यी दुइ कुरामा मानिसहरु विभाजित भए समय क्रमसंगै पछि थोमसले भनेको “hello” नै धेरै प्रचलनमा आयो र अहिले सम्म त्यहि नै छ।

तर यो किन कसरी भनियो भन्ने कुरा आज सम्म पनि प्रस्ट छैन। कसैले कसैले यो शब्द फोन निर्माता ग्राहम बेलकी प्रेमिकाको नामबाट आएको शब्द हो भनि दाबि गरेका छन्। तर त्यो समाचार झुट भएको छ। उनको प्रेमिकाको नाम कुनै त्यस्तो थिएन। त्यो एउटा मिथ्या मात्र थियो। यो खबर नयाँ पोस्ट नेपालबाट साभार गरियको हो । यस्तै किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् ।

मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झो’क्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् ।

पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने किशोरकिशोरी तथा बालबालिकामा अत्यधिकमोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा स’स्या हुन थालेको हो ।

घरबाहिर जाने, लामो समय घरमा नआउने तथा साथीभाइको सङ्गतमा सदैव डुल्याडुल्यै गर्ने आफ्नो १९ वर्षीय छोराको घरभित्रै बसिरहने बानीपरेपछि कैलालीको घोडाघोडी नगरपालिका–१० का पुरोषत्तम जैशी खुशी हुनुभएको थियो । आफ्नो छोरा एकाएक अघिल्लो महिनादेखि घरभित्रैबस्ने मोबाइल चलाउने गर्न थालेपछि उहाँ खुशी हुनुभएको हो ।

छोरो घरभित्रै बस्न थालेपछि पहिलाजस्तो दिनभर घरबाहिर साथीभाइसँग डुल्न नजाने भयो भन्ने कुराले खुशी हुनुभएका जैशी अहिले छोरा घरभित्रैभएर पनि परिवारसँग एक्कासि टाढिएको देखेर चिन्तित हुनुहुन्छ । घरभित्रै रहे पनि जुनसुकै सम’यमा मोबाइल चलाइरहने, इन्टरनेटमा गेम तथासामाजिक सञ्जालको एकोहोरो प्रयोग गरिरहने, कसैले बोलाए झर्किने तथा झोक्राउने गरेका कारण जैशीमा चिन्ता थपिएको हो ।

यो त एक उदाहरण मात्र हो । आधुनिक विकासको एक स्वरूप मोबाइल फोन भएको र यो अहिले प्रायः धेरैको हातमा पुगिसकेको अवस्थामा जवान,वृद्धदेखि बालबालिका सबैमा मोबाइलको अत्यधिक लत बसेको बताउनुहुन्छ राष्ट्रिय कलेज सुखडका उपप्राध्यापक प्रभात बोगटी ।

बाबुआमाले पनि बच्चालाई मोबाइल दिएर भुलाउने गरिरहेका कारण निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा तनाव हुने, आँखा दुख्ने, टाउको दुख्ने, बाबुआमासँग धेरै नबोल्ने, बोलाउँदा तीन चार पटकसम्म बोलाउनुपर्ने, पढाइप्रति लगाव कम हुने, अश्लील चित्र र भिडियोको लत बस्ने, साइबरअपराधतिर तानिने सम’स्याहरू देखिन सक्ने भएकाले अभिभावक समयमै सचेत रहनुपर्ने बोगटी बताउनुहुन्छ ।

यसको समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने बोगटीको भनाइ छ । उनीहरूले मोबाइलको ठाउँमा खेलखेलाउने, कहानी भन्ने, बच्चासँग आफू पनि सँगै खेल्ने, चित्र कोर्ने आदि उपायबाट बालबालिकामा बसेको मोबाइलको लत छुटाउन सकिने उहाँ बताउनुहुन्छ ।

लगातार मोबाइलको प्रयोगले तनाव, चि’न्ता तथा बे’चैनी, उदासी’ता, निद्रा’को सम’स्या, थका’न महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने मनोविद् सीता भण्डारीको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “लगातार मोबाइल चलाइ’रहनाले ढाड दुख्ने, टाउको दु’ख्ने, घाँ’टी र गर्दन दुख्ने, आँखामा सम’स्या, खान मन नहुने, तौल घ’ट्नेलगायतकाशारी’रिक लक्षण पनि देखिने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।”

लगातार इन्टरनेट वा मोबाइल चलाइरहने छोराछोरीलाई अभिभावकले उनीहरूको व्यवहार परिमार्जन गर्न सहयोग गर्नुपर्ने मनोविद् भण्डारीको भनाइ छ ।मोबाइल नचलाई नमान्ने बच्चा भए घरका काम दिने र सो काम सकेपछि सकेको इनामका रूपमा मात्र केही समय प्रयोग गर्न दिने, यसो गर्दा मोबाइल

प्रयोग विस्ता’रै घट्ने तथा दिनमा केही समयका लागि फोन बन्द गर्न लगाई बच्चासँग आफूले समय बिता’उने काम पनि अभिभावकले गर्नुपर्नेभण्डारी बताउनुहुन्छ । यसो गर्दा विस्तारै मोबाइल प्रयोग कम हुनसक्छ भन्नुहुन्छ भण्डारी ।(रासस) abc नेपाल बाट साभार