Saturday, October 23
Shadow

दशैको बेलामा एकाएक घट्यो सुनको मूल्य ! प्रतितोला कति ?

सुनको अपडेट अघि यो खबर,

बैंकबाट ऋण लिएका र लिन चाहनेहरुलाई निकै दुखको खवर !

प्रणालीमा तरलताको समस्या विकराल बनेसँगै बैंक तथा वित्तीय संस्थाहरुले पुनः ब्याजदर बढाउने तयारी थालेका छन् ।

भोलिदेखि दशैंविदा सुरु हुने भएकोले बैंक तथा वित्तीय संस्थाका सीइओहरुबीच कात्तिक १ गतेदेखि ब्याजदर बढाउने मोटामोटी सहमति भइसकेको छ ।

कात्तिक १ गते प्रकाशित गर्ने गरी केही वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म पुर्याउने भएका छन् भने यो पटक फाइनान्स कम्पनीहरुले भने ह्वात्तै ब्याजदर बढाउने छन् ।असोज १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका थिए । सो क्रममा केही वाणिज्य बैंकले मुद्दति निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याजदर अफर गरेका थिए ।

विकास बैंकहरुले ब्याजदर बढाएर १० प्रतिशत (राष्ट्रबैंकका निर्देशनपछि ९.५ प्रतिशतमा झारेका) सम्म पुर्याएका थिए । असोज १ गतेबाट ब्याजदर आक्रामक रुपमा बढाउन वाणिज्य बैंक अगाडि देखिएका थिए भने विकास बैंकहरुले पनि उनीहरुको पद्चाप पछ्याएका थिए ।

असोज १ गतेदेखि ब्याजदर वृद्धिको दौडमा फाइनान्स कम्पनीहरु चाहिँ अलिक सम्हालिएका थिए । तर, वाणिज्य बैंकमै १० प्रतिशतभन्दा बढी ब्याज पाइने भएपछि फाइनान्स कम्पनीमध्ये धेरैले निकै ठूलो भोल्युममा निक्षेप गुमाउनुपरेको थियो ।

अाजको सुनको अपडेट,

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको ११ सय ८० रुपैयामा कारोबार भइरहेको छ