Tuesday, October 26
Shadow

जसले १४ वर्ष पहिले बचाएका थिए उनैको काखमा चर्चित माउन्टेन गुरिल्ला नदाकासीको मृ’त्यु !

पुरा खबर,

काठमाडौं। आफ्ना ‘आजीवन मित्र’को काखमा चर्चित माउन्टेन गुरिल्ला नदाकासीको मृ’त्यु भएको छ ।

माउन्टेन गुरिल्ला नदाकाशी एउटा सेल्फीका कारण चर्चित भएकी थिइन् । पूर्वी कंगोको विरुंगा नेशनल पार्कमा २०१९ मा पार्क रेन्जर म्याथ्यु शामवुले सेल्फी खिच्ने क्रममा पोज दिएपछि यो माउन्टेन गुरिल्लाको चर्चा बढेको थियो ।

नदाकासीले नेशनल पार्कका पार्क रेन्जर आन्द्रे बाउमाको काखमा अन्तिम सास लिएकी हुन् ।सीएनएनको रिपोर्टअनुसार नदाकासीको १४ वर्षको उमेरमा मृ’ त्यु भएको हो । उनलाई विरुंगा नेशनल पार्कका रेन्जरले त्यतिबेला बचाएका थिए जतिबेला नदाकासी मात्रै २ महिनाकी थिइन् ।

नदाकासीलाई आफ्नी आमाको मृत शरीरमा टाँसिएर बसेको अवस्थामा फे’ला पारिएको थियो । उनकी आमालाई घण्टौं पहिले सश’स्त्र मिलिसियाका व्यक्तिहरुले गो’ली हाने’र मारि’दिए’का थिए । नदाकासीलाई पछि विरुंगा नेशनल पार्कको सेनक्वेकवे सेन्टरमा अर्को एक अना’थ गु’रिल्ला नेडेजसँग राखिएको थियो ।

२०१९ मा यो गुरिल्लाको जोडीले पार्क रेन्जर म्याथ्यु शामवुले सेल्फी खिच्ने क्रममा पछाडि पोज दिएर निकै चर्चित बनेका थिए । सेनक्वेकवे सेन्टरमा एक दशकभन्दा धेरै समय बिताएपछि सबैकी प्रिय बनेकी गुरिल्लाको लामो रो’गका कारण मृ’त्यु भएको हो । नदाकासीको आन्द्रे बाउमा’को काखमा मृ’त्यु भयो ।

१४ वर्ष पहिले उनै बाउमाले नदा’कासीलाई ब’चाएका थिए । आफ्नो अन्तिम समयमा पनि बाउमाले नदाकासीलाई अंगा’लोमा बाँ’धेर राखेका थिए । वि’रुंगा नेशनल पार्कले नदाका’सीको अन्तिम तस्वीर जारी गरेको छ । नदाकासीको मृ’त्यु पछि बाउमाले भनेका छन् ‘यस किसिमको प्रेम गर्ने प्राणीलाई सहयोग गर्नु र उसलाई सह’योग गर्नु सौभाग्यको कुरा थियो ।’ यो खबर डिसी नेपालबाबट साभार गरियको हो ।