Tuesday, October 26
Shadow

पुजा जी सबै पत्रकारको दानापानी हजुरकै कारण चलिरहोस् ।’

काठमाडौं । पुरा खबर,

‘मुन्द्रेकाे कमेडी क्लब’ मा अभिनेत्री पूजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीमाथि टिप्पणी गरेपछि उनले पूजालाई जवाफ दिएका छन् ।

पूजाले आफूमाथि भ’द्दा टिप्पणी गरेपछि प्रकाशले जवाफ फर्काएका हुन् । फेसबुकमा पछ्याउनुहोस्

पूजाले मुन्द्रको कमेडी क्लबमा भनेकी थिइन्, ‘इन्ड्रष्टिबाट हराइसकेका मान्छेलाई मेरो कन्ट्रो’भर्सी’ले आज हिट बनाएको छ । कम्तिमा मेराे कारणले त्यसको घरमा चामल त भरिएको छ नि त । मैले गर्दा उहाँलाई सबैले चिन्नुहुन्छ । पूजाले १४ अञ्चल र ७५ जिल्ला गलत भन्दियो, उहाँ हिट हुनुभयो ।

मलाई घाटा परे पनि कसैलाई त राम्रो भयो नि त । पहिले कसैले हेर्दैन थिए होलान्, अहिले कार्यक्रम हिट भएको छ । मैले गलत बोलेका कारण कार्यक्रम हिट भयो।’प्रकाशले रजतपट कार्यक्रममार्फत् जवाफ दिँदै भने, ‘कहिलेकाहीँ नसोचेका कुरा एक्कासी आउँदा यस्तो गल्ती हुन सक्छ । जमानाको कुरा त्यो, रात गइ बात गइ ।

गल्तीलाई सच्याउनुको साटो यतिखेर आएर मैले गरेका गल्तीका कारण उसको अर्थात् मेरो दानापानी चलिरहेको छ रे । उनले गर्दा मलाई धेरैले चिन्ने भए रे। त्यही कारणले गर्दा दर्शकहरुले मेरो कार्यक्रम हेर्न भएका छन् रे ।’

आफ्ना दर्शकहरूको आग्रह अनुसार जवाफ दिएको बताउँदै प्रकाशले भने, ‘हो, तपाईँकै कृपा दृष्टिका कारण मेरो दानापानी चलिरहेको छ । म पत्रकारितामा आउँदादेखि नै हजुर नै मरो पालनहार हुनुहुँदो रहेछ । यतिखेर आएर थाहा पाएँ। यदि हजुर यो धर्तीमा नभएको भए त म त भोकै मर्ने रहेछु। हजुरको जय–जय होस् ।

हजुरको कृपादृष्टि सदैव बनाइरहनुहोला, किनकी मेरो दानापानी सदा सर्वदा चलिरहोस् । हजुरले त्यति १४ अञ्चल जान्दिएको भए म त एक एक दाना चामलको दानाका लागि तड्पिने रहेछु, आज आएर थाहा पाएँ । अरु अन्तर्वार्तामा पनि हजुरको बोली यसरी नै चिप्लिरहोस्, ताकि सबै पत्रकारको दानापानी हजुरकै कारण चलिरहोस् ।’ यो खबर साभार गरियको हो ।