Monday, November 29
Shadow

नयाँ व्यवसाय गर्न चाहने युवाहरुको लागी आयो अत्यन्तै खुसीको खबर !

पुरा खबर,

अर्थमन्त्री जनार्दन शर्माले दुर्गम बस्तीका युवाले समेत सजिलै कर्जा पाउन सक्ने गरी स्टार्ट–अप व्यवसायको कार्यविधि बनाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा उहाँले नयाँ व्यवसाय गर्न चाहने युवालाई कागज हेरेरै निराश हुने खालको झन्झटिलो कार्यविधि नबनाउन निर्देशन दिनुभएको छ । “सङ्क्षिप्त र सरल कार्यविधि बनाएर कार्यक्रम लागू गरौँ”, उहाँले भन्नुभयो ।

विभिन्न किसिमका संरचना र समिति नबनाई राष्ट्रिय योजना आयोगका सचिवको नेतृत्वमा छरितो समूह बनाएर त्यसैको निर्णयबमोजिम कर्जा उपलब्ध गराउनु उपयुक्त हुने उहाँको धारणा थियो ।

छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँयालले स्टार्ट–अप व्यवसाय नेपालका लागि नौलो कार्यक्रम भएकाले यसको सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यान दिएर सरल कार्यविधि बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्यसचिव केवलप्रसाद भण्डारीले नयाँ अवधारणा बोकेका उत्साही युवालाई सजिलैसँग स्टार्ट–अप कर्जा उपलब्ध गराउने खालको सरल कार्यविधि बनाउनुपर्ने बताउनुभयो ।

अर्थसचिव मधुकुमार मरासिनी र राजस्वसचिव कृष्णहरि पुष्करले नयाँ व्यवसायीलाई लक्षित गरेर कार्यविधि बनाउनुपर्ने धारणा राख्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । यस्तै अर्को खबरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे पछि विघटिन नेकपामा प्रचण्ड–नेपाल समूहमा सक्रिय रामकुमारी झाँक्री आन्दोलनमा अग्र पंतिमा थिइन् ।

उनले राष्ट्रपतिलाई लक्षित गर्दै सार्वजनिक रुपमा गरेको भाषणको विषयलाई लिएर सरकारले मुद्दा नै चलायो। झाँक्री बुद्धनगरस्थित घरबाट पक्राउ नै परिन। चर्को दबाब पछि उनी छुटिन्।

प्रमुख राजनीतिक आन्दो’लनमा सक्रिय सहभागी भएकी झाँक्री एमालेको अनेरास्ववियुको अध्यक्ष हुँदै पहिलोपटक मन्त्री बनेकी छन् । एमाले विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादीको तर्फबाट उनी पहिलोपटक मन्त्री बनेकी हुन् ।

उनले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्। २०३५ साल जेठ १० गते गुल्मीमा जन्मिएकी झाँक्री प्रष्ट र खरो वक्ताका रुपमा चिनिने गर्छिन।

गुल्मीको म्यालपोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । राम कुमारी झाक्रीकाे एउटा सामान्य किसान परिवारमा छैटौं सदस्यका रुपमा गाउमै जन्म भएको हाे ।

उनकाे माध्यमिक तहकाे शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्काेटदहवाट उत्तीर्ण गरेकी हुन भने विए पद्मकन्या क्याम्पस र एम त्रिभुवन विश्वविद्यालय काठमाडाैवाट भएकाे हाे ।

२०७४ सालको निर्वाचनमा उनी नेकपा एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी हुन्। एकीकृत समाजवादीमा वरिष्ठ नेताहरुलाई पछि पार्दै झाँक्री देउवा नेतृत्वको सरकारमा १८ औं वरियतामा मन्त्री बनेकी छन्। २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियु को प्रारम्भिक कमिटी सदस्य हुँदै उनले विद्यार्थी राजनीतिक प्रारम्भ गरेकी थिइन्। विद्यार्थी र महिला फाँटमा विभिन्न भूमिका र नेतृत्वमा रहँदै झाँक्री एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन्।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी झाँक्री अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव हुन्।इतिहास, दर्शन र साहित्य अध्ययनका साथसाथै सार्वजनिक नीति र विकासमा रुचि राख्ने झाँक्रीले शहरी विकास मन्त्रालय को जिम्मेवारी पाएकी छन्। विद्यार्थी राजनीतिमा ‘छुट्टै’ स्थान बनाएकी झाँक्रीको सिंहदरबार यात्रा भने कति स्मरणीय र अनुकरणीय हुन्छ, त्यो अबको उनको कामले देखाउने छ। यो खबर साभार गरियको हो ।