Saturday, November 27
Shadow

तपाईलाई छिटो–छिटो पिसाब लाग्ने समस्या छ ? यसरी घरमै उपचार गर्नुहोस्

पुरा खबर,

प्रायः मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् ।

जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ ।

छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।

दही दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन । तिल कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।

मह र तुलसी एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ । कुलथी अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ ।

अनार अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन । मेथी मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।

महिला स्वस्थबाट साभार गरियको खबर , यस्तै कहिले काहीँ महिना पुगेपछि पनि महिनावारी हुँदैन । यस्तो अवस्थामा पेट धेरै दुख्छ । कहिलेकाही महिनावारीको समयमा पनि पेट बढी नै दुख्छ । यस्तो अवस्थामा, कुनै औषधि लिनुको सट्टा, तपाइँ घरेलु उपचार र खाना मा ध्यान दिनु पर्छ :

अजवाइन१५० मिलिलिटर पानीमा ६ ग्राम अजवाइन उमालेर दिनमा ३ पटक सेवन गर्नुहोस् । यसका अलवा २ पटक अजवाइनको चिया सेवन गर्नुहोस् ।

जीराजीराको स्वाद तातो हुन्छ। यसको प्रभाव पनि अजवाइनको जस्तै हुन्छ ।

काँचो मेवा यो सबैभन्दा सजिलो र सबै भन्दा सुलभ घरेलु उपचार हो, जसको सहायताले पीरियड चाँडै आउँछ। मेवामा एक तत्व पाइन्छ जसले गर्भाशय
कडा पार्छ। सोही कारण महिनावारी समयमा नै हुन्छ । तपाईको मासिक धर्म चक्रको बीचमा काँचो मेवाको जुस सेवन गर्नुहोस् या दैनिक मेवा खानुहोस् ।

मेथी मेथीको दानालाई पानीमा उमालेर पिउनुहोस्। यो उपाय पनि धेरै विशेषज्ञहरु द्वारा सिफारिश गरिएको छ ।

अनार तपाईको नियमित मिति भन्दा १५ दिन पछि दिनको ३ पटक अनारको रस पिउन सुरू गर्नुहोस्। यसले तपाईंको महिनावरी समयमा नै हुन्छ ।

तिल तिल आफ्नो नियमित मितिभन्दा १५ दिन पहिले प्रयोग गर्नुहोस् । यो एकदम गर्मी हुन्छ र यसकरण तपार्यलाई नोक्सानी पुर्याउनसक्छ ।
त्यसैले तिलको दाना दिनमा २–३ पटक महसँग सेवन गर्नुहोस् ।

सिट्रस फल फलफूल जस्तै कागती, सुन्तला, कीवी, अमला जस्ता फलफूल खानुहोस् । जसमा भिटामिन सी प्रशस्त पाइन्छ । यसले प्रोजेस्टेरोनको स्तर
बढाउँछ, जुन हार्मोन हो जसले महिनावारी समयमा नै हुन्छ । अर्थ डबलीबाट साभार गरियको खबर