Sunday, October 24
Shadow

एकै दिन ५ हजार ७२७ जनामा सं’क्र’मण पुष्टि, ३३ जनाको मृु’त्यु

कोरोनाले थप ३३ जनाको मृ’त्यु भएको छ । यससँगै को’रोनाले मृ’त्यु हुनेको कूल संख्या ३ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ ।
बिहीवारको विवरण अनुसार झण्डै ५ हजार व्यक्तिमा सं’क्रम’ण पुष्टि भएको थियो । सं’क्रम’ण पुष्टि हुने दर दिनदिनै बढ्दै गएको छ ।

स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १५ हजार ९१६ जनाको को’रोना परी’क्षण गर्दा आरटी–पीसी आरबाट ५ हजार ६५७ जना र एन्टि’जेनबाट ७० जनामा को’रोना पुष्टि भएको छ ।

यससँगै देशभर कूल सं’क्र’मितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये २ लाख ८१ हजार ९५ सं’क्र’मित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ९२८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।

शुक्रवार देशभर सक्रिय सं’क्रमि’तको संख्या ३८ हजार ८१३ रहेको मन्त्रालयले जनाएको छ ।

कोरो’ना ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्र’मणको दर डरला’ग्दो देखिएकाले स्वा’स्थ्य सुर’क्षा माप’द’ण्डलाई कडाइका साथ पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सर्वसाधारणलाई अपिल गर्दै देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सं’क्रम’ण फैलिएकाले संवे’दनशील बनिदिन अपिल गरेका छन् ।

कोरो’ना धेरै बढेकाले अस्प’तालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको अपिलमा उल्लेख छ ।