Monday, October 25
Shadow

उडानमा पाइलटको घोषणा सुनेर लाजले ‘पानी-पानी’ भइन् प्रेमिका ! यस्तो छ कारण

पुरा खबर,

आफ्नै प्रेमी पाइलटले विमानमा घरेको घोषणा सुनेर उडानमा रहेकी एक युवती लाजले भुतुक्कै भएको भिडियो अहिले चर्चित छ ।

इन्टरनेटमा भाइरल यो भिडियोलाई अहिलेसम्म एक करोडभन्दा धेरै पटक हेरिसकिएको छ । पाइलट प्रेमीले विमानमा पहिलो पटक चढेकी आफ्नी गर्ल्फ्रेन्डको बारेमा गरेको घोषणाले उनलाई अन्य यात्रु समक्ष लज्जित हुनु परेको थियो ।

यो भिडियोलाई टिकटकमा सेयर गर्दै हना नामकी एक युवतीले लेखेकी छन्, ‘जब तपाईं पहिलो पटक आफ्नो ब्याइफ्रेन्डको विमानमा उडान भर्नुहुन्छ…’

विमानमा बसेका यात्रुलाई जरुरी सूचना दिनुअघि पाइलटले भनेका थिए- ‘हामीसँग एक जना विशेष व्यक्तिले यात्रा गर्दै छन्, जो मेरी प्रेमिका हुन्, उनको नाम हना हो र उनी सीट नम्बर २’सी’मा बसेकी छन् । त्यसैले, तपाईहरूको यात्रा समाप्त भएपछि मेरो एक काम गरिदिनु होला ।’

त्यसपछि पाइलट ब्वाइफ्रेन्डले आग्रह गर्दै भने, ‘फिस्ट बम्प, हाइ फाइव वा आफ्नो स्न्याक्स, पानीको बोतल दिनुहोस् । धन्यावाद् । हामीसँग यात्रा गर्नु भएकोमा र मास्क लगाउनु भएकोमा धेरै धन्यावाद् ।

हामी छिटै टेक-अफ गर्नेछौं ।’ यो रोमाञ्चक भिडियोको क्याप्सनमा ती युवतीले लेखेकी छिन्- ‘यो भिडियोलाई रिप्लाई गर्दै मेरा बुबाले भन्नुभयो- कम्तिमा उसले पर्पोज त गरेन । तर, मेरो इच्छा उसले पर्पोज गरोस् भन्ने थियो ।’ करोडभन्दा धेरै पटक हेरिएको यो भिडियोप्रति सामाजिक सञ्जालमा अनेक-अनेक प्रतिक्रिया आइरहेका छन् ।

यस्तै अर्को खबरमा, हामीलाई कहिले काही कल्पनै गर्न नसक्ने घटनाहरु देख्न पाईरहेका हुन्छौ । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ इन्टरनेटमा भाईरल भएको हो । उक्त्त भिडियोमा देख्न सक्नु हुनेछ एक हावईजहाज आकाशे पुल मुनि अड्किएको अवस्था मा छ । सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमूनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको भिडिओ पत्रकार अशोक राजले केही दिनअघि आफ्नो ट्वीटरमा राखेका हुन् । उक्त भिडिओ ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सडकको भएको बताइएको छ। जहाजको आधा भाग पुलभन्दा अगाडि गएको छ भने पखेटा हुने ठाउँनिर पुलमूनि अड्किएको छ।

जहाजमा पखेटा भने छैनन्। रातिको समयमा लिइएको भिडिओमा सडकमा गाडीहरू गुडिरहेको देखिन्छ। भिडिओ सार्वजनिक भएर भाइरल बनेपछि एयर इन्डियाले उक्त जहाज आफूहरूले बेचिसकेको बताएको पत्रकार राजले जनाएका छन्।

‘उक्त जहाज कवाडीमा बेचिएको हो। किन्ने मान्छेले राति त्यसलाई लिएर गएका हुन्। जहाजलाई के भयो भन्नेबारे एयर इन्डियाको कुनै सम्बन्ध छैन,’ एयर इन्डियाको विज्ञप्तिमा भनिएको छ। यो जहाज यसरी पुल मुनिको बीच बाटोमा अड्किएपछी सबैको चासोको बिषय बनेको छ । खबर नेपालीबाट साभार गरियको हो ।