Saturday, October 23
Shadow

अल्लु अर्जुनको फिल्म ‘पुष्पा’मा आइटम डान्स गर्न नोरा फतेहीले मागिन् यति धेरै रकम ।

काठमाण्डौं ।

क्यानेडियन नोरा फतेहीले बलिउडमा आइटम गीतहरुबाट चर्चा कमाइरहेकी छिन्। उनको नृत्य रहेको अधिकांश गीतहरुले रेकर्ड राखेका छन्।

हालै अभिनेता अल्लु अर्जुनको नयाँ फिल्म ‘पुष्पा भाग १’को समूहले पनि नोरालाई आइटिम गीतमा काम गर्न प्रस्ताव राखेको छ। कोइमोइका अनुसार यसका लागि नोराले ठूलो रकम माग गरेकी छन्।

‘पुष्पा भाग १’ रिलिज हुनुअघि नै पोस्टर र गीतबाट हलचल मचाइसकेको फिल्म हो। सुकुमारको निर्देशनमा बन्ने यो फिल्ममा नोराले आइटम डान्स गर्ने खबरले दर्शकलाई उत्साहित बनाएको छ।

सुरुमा यो आइटम गीतका लागि अभिनेत्री दिशा पटानी र पूजा हेडगेसँग कुरा गरिएको थियो। उनीहरुले अ स्वीकार गरेपछि नोरालाई प्रस्ताव गरिएको कोइमोइले जनाएको छ। यता नोरा फतेहीले सो आइटम गीतमा नृत्य गर्न दुई करोड भारु पारिश्रमिक माग गरेकी छन्।

नोराले भारतको दक्षिण फिल्म क्षेत्रमा काम गर्न लागेको यो पहिलो पटक होइन। उनले यसअघि तेलूगु फिल्म ‘टेम्पर’ र ‘बाहुबली’का आइटम गीतमा नृत्य गरेकी थिइन्। त्योबेला उनले करिब चार लाख भारु पारिश्रमिक लिएकी थिइन्।

नोराको चर्चा एकाएक बढ्न थालेपछि उनले आफ्नो पारिश्रमिक पनि बढाएकी हुन्। उनी भारतीय रियालिटी कार्यक्रम ‘बिग बोस ९’मा पनि आएकी थिइन्। चर्चित डान्स कार्यक्रम ‘झलक दिख्ला जा’मा पनि भाग लिएकी थिइन्।

रिर्पोटका अनुसार ‘पुष्पा भाग १’ फिल्मका निर्माताले नोरालाई आइटम गीतको लागि लिने वा नलिने भनेर निश्चित भएको छैन। नोराले आइटम डान्स गर्ने भइन् भने उनलाई र अल्लु अर्जुनलाई एउटै स्क्रिनमा हेर्नु रोचक हुने कोइमोइले लेखेको छ। यो खबर पनि पढनुस,

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानलाई ड्र ग घटनामा अक्टोबर ७ सम्म एनसी’बी रिमाण्डमा पठाइएको छ।

आर्यन मुम्बई बाट गोवा जाँदै गरेको एक क्रूज जहाज मा एक ड्र ‘ग पार्टीमा भागको खुलेपछि प’क्रा’उ गरिएको थियो । त्यसयता स्टार कलाकारका छोरा छोरी ट्रोल हुन थालेका छन् । शाहरुखकी छोरी सुहानालाई पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गर्न छोडेका छैनन् ।

आर्यन प’क्रा’उ परेपछि अब उनकी बहिनी सुहाना खानले एउटा ठूलो कदम चालेकी छिन्। सुहाना खान सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्, उनी प्राय आफ्नो इन्स्टाग्राममा आफ्ना प्रशंसकहरु संग आफ्नो तस्वीरहरु साझा गर्न बिर्सदैनन्। तर उनको भाइ प’क्रा’उ परे पछि, मानिसहरु सामाजिक सञ्जाल मा उनलाई ट्रोल बनाइरहेका छन् ।

जसको कारण सुहानाले आफ्नो इन्स्टाग्राममा कमेन्ट सेक्शन बन्द गरिन्। ताकि कोहि पनि उनलाई कुनै नका’रात्मक प्रतिक्रिया दिन सक्दैनन्। यसअघि उनको कमेन्ट सेक्सन खुलेको थियो। सुहाना यस समयमा विदेशमा बसेर आफ्नो अध्ययन पूरा गरीरहेकी छिन्।

आर्यन अक्टोबर ७ सम्म जे ल मा रहनेछन्

शाहरुख खानका छोरा आर्यन खान ड्र ‘ग्स मु द्दा’मा राहत पाएका छैनन्। अदालतले अभिनेताका छोरालाई अक्टोबर ७ सम्म एन’सीबीको हिरा’सतमा राख्न आदेश दिएको छ। अक्टोबर ७ मा फेरी उनको पेशी हुनेछ । आर्यन जे ल गएपछि शाहरुख खानको परिवारबाट कुनै प्रतिक्रिया आएको छैन। यो खबर नेपालीबाट साभार गरियको हो ।