Monday, December 6
Shadow

बलिउड चर्चित कलाकार अनुपम, परिणिति र बोमन काठमाडौंमा ! कारण यस्तो छ

पुरा खबर,

फिल्म छायांकनका लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा र सारिका हसन नेपाल आएका छन् ।

सुरज बडजात्याको निर्देशनमा बन्न लागेको ‘उचाई’ फिल्मका लागि उनीहरु नेपाल आइपुगेका हुन् ।’प्लेन चार्टर गरेर उहाँहरुको टोली आइतबार नेपाल आइपुगेको हो,’ ‘उचाई’को नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्स कम्पनीका एक अधिकारीले बताए ।

केही समय अगाडि सुटिङस्थल हेर्नका लागि बडजात्या नेपाल आउँदा अमिताभ बच्चन र डेनी डेनजोङ पोङ पनि नेपाल आउने कुरा थियो । तर उनीहरु नेपाल नआएको पनि उनले बताए ।अभिनेता अनुपम खेरले मंगलबार बिहान सामाजिक सञ्जालमा पशुपतिनाथ मन्दिरको दर्शन गरेको भिडियो समेत राखेका छन् ।

उनले विमानस्थलमा ओर्लना साथ नेपालको तारिफ गर्दै लेखेका थिए– ‘मन्दिर र स्तुपाहरुको सहरमा लामो समयको अन्तराल पछि फर्कनु खुसीको कुरा हो ।सुरजसँगको यो मेरो चौथौं फिल्म हो ।’

बलिउड कलाकारको यो टोलीले मनाङ, मुस्ताङ, लुक्ला, लाङटाङलगायतका ठाउँमा फिल्म छायांकन गर्ने बताइएको छ । यो खबर कान्तिपुरमा छ । यता को’भिड १९ म’हामा’री पछि खुल्न लागेको हलमा जम्मा ५ ओटा नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्। चलचित्र विकास बोर्डको सभाहलमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म ५ ओटा चलचित्रले प्रदर्शनको लागि निवेदन दिएको जनाए।

नेपाल चलचित्र संघ, चलचित्र पत्रकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, कलाकार संघ, वितरक संघ लगायत विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा जम्मा ५ चलचित्रले प्रदर्शनको लागि निवेदन दिएको जानकारी दिइयो यसमा शोभित बस्नेतको ‘डाँडाको वर पीपल’, ध’न्दागि’री, चो’र पुलि’स, धुम फोर र चु’रीफु’री रहेका छन्।

संघले असोज २० गतेसम्म प्रदर्शनको लागि तयार चलचित्रहरुको सूची चलचित्र संघमा पठाउन आग्रह पनि गरेको थियो। चलचित्र संघले केही दिन अगाडि मात्र प्रेस विज्ञप्ति जारी गरी घट’स्थापनादेखि चलचित्र हल खोल्ने निर्णय भएको जनाएको थियो। संघले पहिला विदेशी चल’चित्र प्रदर्शन गरेर नेपाली चलचित्र प्रदर्शन गर्ने निर्णय लिएको थियो।

यस अनुसार ‘फास्ट’ एण्ड फ्यूरियस ९’ प्रदर्शन को २ साता पछि नेपाली चलचित्र चल्नेछ। नेपाली चलचित्र प्रदर्शन भईरहेको समयमा विदेशी चलचित्र प्रदर्शन हुने छैन। संघले नेपाली चलचित्रलाई जुधा’उन पनि नपाइने व्यवस्था बनाएको थियो।

तर निर्माताहरु चलचित्र प्रदर्शन गर्ने मनशायमा छैनन्। संघले पहिला भईरहेको शेयर बाँडफाँड व्यवस्थालाई परिमार्जित गरेर चलचित्र प्रदर्शनको पहिलो साता निर्मातालाई ५५ प्रतिशत, वितरकलाई ४५ र दोस्रो साताबाट ५०, ५० प्रतिशत भुक्तानि गर्ने व्यवस्था गरेको थियो तर व्यापार हुने समयको लागि उपयुक्त मानिने दशैँमा चलचित्र निर्माताहरु विश्वस्त छैनन्। बारखरी बाट साभार