Sunday, November 28
Shadow

सपनामा किन आउँछन् स्वर्गवास भयका अाफन्त या अन्य मानिसहरू ? यस्ताे छ कारण

पुरा खबर अघि यो भिडियो,

भनिन्छ, स्वस्थ मानिस सबैले सपना देख्छ । मानिसले एक रातमा कम्तिमा पनि ६ देखि ७ ओटा सम्म सपना देख्छ ।

सपना जस्तो सुकै पनि हुन सक्छ र त्यसकाे आ –आफ्नै अर्थ हुन्छ । कहिलेकाहीँ सपनामा स्वर्गवास मान्छे पनि देखिन्छ । सपनामा स्वर्गवास मान्छे देखे के हुन्छ त ?

–यदि सपनामा स्वर्गवास भएको व्यक्ति रिसाएको अवस्थामा देखियो भने उसले हामीबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ । स्वर्गवास हुनु अघिका केही पूरा हुन बाँकी इच्छा भए मृत व्यक्तिले हामीबाट त्यो इच्छा पूरा गराउने कोसिस गर्छ ।

–यदि स्वर्गवास भइसकेको व्यक्ति सपनामा आएर अत्यन्तै खुसी अवस्थामा वा अत्यन्तै दु:खी र रोइरहेको अवस्थामा देखिएमा सपना देख्ने मानिसको लागि शुभ संकेत हुन्छ ।–सपनामा केही टाढाको सम्बन्ध भएको स्वर्गवास व्यक्ति देखिएमा उसले केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ ।

–यदि स्वर्गवास व्यक्ति बारम्बार सपनामा आउँछ र केही संकेत गर्छ भने ऊ केही कुरामा असन्तुष्ट छ भन्ने बुझिन्छ । यस्तो अवस्थामा स्वर्गवास व्यक्तिको नाममा मिठाइ चढाएर तर्पण दिएमा पनि उसको आत्माले शान्ति पाउन सक्छ ।

–यदि सपनामा स्वर्गवास व्यक्ति मौन अवस्थामा देखियो भने उसले तपाइँलाई कुनै गलत काम हुनबाट रोक्दैछ भन्ने बुझिन्छ । –स्वर्गवास व्यक्ति सपनामा आएर आशिर्वाद दिएमा सपना देख्ने मान्छे कुनै काममा सफल हुँदैछ भन्ने संकेत हुन्छ ।

–सपनामा स्वर्गवास व्यक्ति कपडा नलाएको, जुत्ता चप्पल नलगाएको अर्थात् भोकै भएको अवस्थामा देखियो भने उसलाई यी कुराहरुको अभाव भएको बुझ्नुपर्छ । यस्तो सपना देखिएमा नजिकैको मन्दिरमा गएर यी वस्तुहरु स्वर्गवास व्यक्तिको नाममा दान गर्नु राम्रो हुन्छ ।

-यदि स्वर्गवास व्यक्ति सपनामा कतै टाढा आकाशमा देखियो भने उसले मुक्ति पाएको संकेत हुन्छ । यो खबर साभार गरियको हो ।