Sunday, October 24
Shadow

दोहोरी च्याम्पियनमा रु’वाउने अस्मिताको आज जन्मदिन, उनको सं’घर्षको कहानी, कति सम्म दु’ख भोगिन ? जान्नुस

हेर्नुस भिडियो,

काठमान्डौ । दोहोरी च्याम्पियनमा सर्बाधिक माया पाएकी गायिका अस्मिता डिसी डल्लाकोटीको आज जन्म दिन परेको छ,उनको जन्म दिनमा आम दर्शकको सुभकामना उर्लिएको छ।

फेसबुकभरिनै अस्मिताको जन्म दिनको सुभकामना आए संगै उनको बारेमा जानकारी लिन चाहनेहरु धेरै आएका छन।अस्मिता केहि समय अगाडी दोहोरी च्याम्पियनबाट बाहिरिएको हो।

प्रकाश पराजुलीको टिम संग लडेको अस्मिताको टिम केहि मतले बाहिरिएको थियो।उनीहरु बाहिरीए पनि दोहोरी च्याम्पियनमा उनीहरुको खोजि भने धेरैनै भएको छ।राम्रो गाउने टिम यसकारण पनि अस्मिताको परेको छ कि उनीहरुले गाएको एउटा भाकाले सबैतिर चर्चा पायो जुन थियो मन परेको फुल खसेको जुन भाकामा अस्मिता र बसन्त को टिम ले दोहोरी गाएपछि अस्मिता एकाएक सबैतिर चिनिन थालेकी हुन्।

उनको जन्म धादिङ्ग जिल्लाको बिकट गाउँमा भएको हो।मध्यम परिवारमा जन्मिएकी अस्मिता सानैदेखि घाँस दाउरा गर्दै बिधालय जाने गर्दथिन।सानैदेखि गीत संगीत रुचाउने अस्मिता कतै दोहोरी गीत बज्यो भने उफ्रेर सुन्न पुग्थिन यति मात्रै कहाँ होर उनि काम छाडेर भए पनि दोहोरी गाउने ठाउँमा आफु पनि गाउन पुग्थिन।

बिधालयमा कुनै कार्यक्रम भयो भने उनि गाउँन अगाडी तम्सिने गर्थिन सायद त्यसैको सफलता आज देखिएको छ।उनि कामको सिलसिलामा लामो समय चितवन बासिन भने पढाइलाइ पनि चितवनबाटै निरन्तरता दिदै आएकी थिइन।चितवनबाटै उनि देशका बिभिन्न ठाउँहरुमा दोहोरी खेल्न पुग्ने गर्थिन।कतिपय ठाउँमा उनि बिजय भएर फर्किएकी छिन भने कहिँ कतै चाहि पराजय पनि भोग्न पुगेकी छिन।सरल तर फरक स्वभावकी अस्मिता बोल्न लजाउछिन।

कम बोल्ने अस्मिताको शैलीले सबैको मन छुने गर्दछ।उनि एक भाबुक व्यक्ति पनि हुन्।स्मरण रहोस उनि यस अगाडी २/३ वर्ष पहिलेनै मिडियामा आइसकेकी गायिका हुन्।चर्चित युटुबर भाग्य न्यौपानेले उनको अन्तरबार्ता लिएका थिए जसको कारण उनलाई सबैले रुचाउने गर्दथे तर अहिले भने अस्मिता यस्तो राम्रो गाउने रहेछ भनेर नि दर्शकले झन् मन पराइ रहेको पाइन्छ। laligurash. com पुरा खबर बाट साभार गरियको ।