Monday, October 25
Shadow

यस्ता मान्छेहरू काठमाडौमा गाडी चढ्न पनि नपाउने !

काठमाडौ ।

दिनहुँ बढ्दै गएको भि’डभा’ड र असा’वधा’नीका कारण उपत्यकामा फेरी सं’क्रमणको जो’खिम बढेको छ ।

चाडपर्व नजिकिएसंगै सर्वसाधारणको भी’ड वजारमा देख्न सकिन्छ । अधिकांशले माक्स समेत लगाएको देखिदैनन् । अब काठमाडौंमा मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न रो’क लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार आदेश जारी गर्दै यस्तो कडा’इ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल द्वारा जारी आदेश अनुसार चालकले मास्क, भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने छ भने सवारी साधनको ढोकामा अनिवार्य से’नि’टाइजर राख्नुपर्ने छ । कुल सिट क्षमताभन्दा धेरै यात्रु राख्न पनि प्रशासनले रोक लगाएको छ ।

त्यस्तै आजैदेखि अनावश्यक रूपमा भिडभाड, मेला र महोत्सव गर्न पनि नपाइने भएको छ । घर बाहिर मानिसहरू जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्‍लेख छ । बैठक गोष्‍टठी, सेमिनारहरू गर्नु परे भर्चुअल माध्यमबाट गर्नुपर्ने उल्‍लेख छ ।

यदि गर्नै पर्ने भएमा स्वास्थ्य मापदण्‍’डको पालना गर्नुपर्ने उल्‍लेख गरिएको छ । कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरू पनि सांकेतिक रूपमा मात्रै मनाउन आदेशमा भनिएको छ । साभार गरियको खबर ।