Saturday, November 27
Shadow

यस्तो ध’रा’पमा परेर मर्‍यो ‘मकुना’ हात्ती !

काठमाडौँ,

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको मकुना नामको हात्ती विद्युतीय धरा’पमा परेर म’रेको छ ।

आरक्षका प्रमुख संर’क्षण अधिकृत अशोककुमार रामका अनुसार किसानले धान खेतमा राखेको विद्युतीय धरा’पमा परेर उक्त हात्ती म’रेको हो ।

तस्बिर सौजन्य : अशोककुमार राम

घ’टनास्थल आरक्षको हात्ती सारबाट करिब ८ सय मिटर दूरीमा पर्छ । उक्त हात्तीले गत वर्षको पुसदेखि आरक्षको मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर धेरै व्यक्तिको ज्या’न लिएको छ । ब’स्तीमा पसेर वि’ध्वं’स म’च्चाउन थालेपछि आरक्षले गत पुसदेखि रातभरि मकुनाको रेखदेख गर्दै आएको थियो ।

बस्ती’मा नपसोस् भनेर रातभरि ट्याक्टरमा नेपाली सेना र प्राविधिकले गस्ती गर्दै आएका थिए ।

रामका अनुसार शनिबार राति १ बजेसम्म उक्त हात्ती आरक्ष आसपासमै थियो । राति धेरै समय नदेखिएपछि खानतलासी गर्दा खेतमा लडेको अवस्थामा भेटि’एको उनले जानकारी दिए । घ’टनाबारे विस्तृत अध्ययन भइरहेको उनले बताए । मकुनाले आरक्षको मध्यवर्ती क्षेत्रका बस्तीमा २० जनाभन्दा बढी मानिसको ज्यान लिएको थियो । कान्तिपुरबाट साभार