Sunday, October 24
Shadow

अन्तिम पटक अाफ्नो प्रेमी अर्जुन कपुरलाई मलाइकाले पठाईन् यस्तो मेसेज !

पुरा खबर,

मलाइका अरोडा यसपटक एक रियालिटी शोमा दिएको जानकारीका कारण चर्चामा छिन् ।​

कार्यक्रमकमा उद्घोषक मिलिन्द सोमनले मलाइकालाई ‘त्यस्ता तीनवटा कुरा भन्नुहोस् जसले तपाईंलाई कुनै पुरुषतर्फ आकर्षित गराउँछ’ भनेर सोधे ।

हाल नायक अर्जुन कपुरसँग सम्बन्धमा रहेकी मलाइकाले भनिन्,‘मलाई खासमा थोरै रफ (अव्यवस्थित) पुरुष मनपर्छ । मलाई साँच्चै नै त्यस्तै पुरुष मनपर्छ ।

चिल्ला होइनन् । भयानक तरिकाले फ्लर्ट गरोस् । मलाई यस्ता पुरुष मनपर्छ जसले राम्रो चुम्बन गर्न सकोस् ।’ यतिमात्रै होइन उनलाई ‘अर्जुनलाई अन्तिम पटक के मेसेज पठाउनुभयो ?’ भनेर सोधियो । यसमा मलाइकाले लजाउँदै भनिन्,‘आइ लभ यू टु ।’

यो पनिः गलत उपचारले नायिकाको यस्तो हालत

एजेन्सी । गलत उपचारका कारण चर्चित तमिल अभिनेत्री रायजा विल्सनको यस्तो हालत भएको छ । उनले सोशल मीडियामा एक स्क्रिन डाक्टर (त्वचा विशेषज्ञ) को लापरवाहीको कारण यस्तो अवस्था भोग्नु परेको भन्दै तस्बिर सार्वजनिक गरेकी छन् ।

उपचार पछि राइजाले आफ्नो अनुहारको अवस्थाको बारेमा त्वचा विशेषज्ञलाई बताउन खोन्ला उनी सम्पर्कमा नआएपछि थप रिसाएकी छन् । यस पोष्टमा त्वचा विशेषज्ञको नाम मेन्सन गर्दै उनलाई आफुलाई आएको समस्याका बारेमा बताएकी छन् ।

इन्स्टाग्राम स्टोरीमा क्लिनिकको बाहिरबाट आफ्नो फोटो साझा गर्दै रायजा विल्सनले लेखिन् (मैले हिजो सामान्य फेसियलका लागि चिकित्सकलाई भेटेकी थिए । उनले मलाई अनावश्यक उपचार गर्न लगाए । जुन मलाई चाहिएको थिएन र अहिले यस्तो नतिजा आएको छ ।

उनले आफ्नो पोष्टमा थप लेखिन्( उनी मसँग कुरा गर्न वा आज मलाई भेट्न अस्वीकार गर्दैछिन्। स्टाफले उनी सहर बाहिर भएको बताउँदैछन।टिभीमा अनुहारको कारण, जुन दर्शकहरूले सितारा भनेर चिन्छन् उनकै अनुहार अहिले विग्रिएको छ । उनी त्यसैले निकै रिसाएकी छन् । राइजा पनि अनुहारको गलत उपचारका कारण रिसाएकी छिन् र पनि त्यसको कुनै समाधान भएको छैन ।

सार्वजनिक गरिएको फोटोमा, आँखामुनि सुनिएको अनुहारमा स्पष्ट देख्न सकिन्छ। फ्यानहरूले पनि ति डाक्टरसंग उपचार गराउँदा आफु पनि त्यस्तै समस्यामा परेको भन्दै आफ्ना तस्बिर उनलाई पठाएका छन् । त्यस्ता स्क्रीनशटहरू रायजाको इन्स्टाग्राम स्टोरीमा पनि साझेदारी गरिएको छ ।

उनी लेख्छिन् (मेरो इनबक्स ती व्यक्तिको सन्देशले भरिएको छ जसले उही उर्मोग विशेषज्ञसंग आफ्नो अनुहारको उपचार गरे र मैले जस्तै नियती भोगे । रायजा विल्सनले २०१७मा भेलाइल्ला पट्टाधारी २ का साथ अभिनयको शुरुआत गरेकी थिइन् । साभार गरियको खबर